आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी प्रकरणः वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ


काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको हो ।

परिसरका एसएसपी रमेश थापाले क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप उनलाई पक्राउ गरिएको जानकारी दिए । यसअघि प्रहरीले ठगीमा संलग्न महाकाय समूहका सुरेश महाजनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू सुरेश महाजन, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय बिक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिकहरू ४० वर्षीया भवानी पाण्डे र सुनसरीकी ३६ वर्षीया चिजा खड्का छन् । उनीहरुले तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर अन्य खेलाडीहरूलाई हराएर ठग्ने गरेको पाइएको थियो ।