ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पक्राउ


काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति पक्राउ परेका छन् ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल बुधबार पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

फोटो र भिडियो फुटेजबाट सर्वोच्च जलाउने काममा ढुंगेल पनि संलग्न भएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ढुंगेल अधिवक्ता पनि हुन् ।