रवि लामिछाने जेल चलान



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।

आइतबार पनि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो । उच्च अदालतको आदेशअनुसार जिल्ला अदालतले थुनुवा पुर्जी दिएर उनलाई पुर्पक्षका लागि कारागार पठाएको हो । उनलाई भैरहवा कारागार पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामछिानेलाई शुक्रबार थुनामा राख्न आदेश दिएको थियो ।

त्यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेपछि सरकार उच्च अदालत गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरगढीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी। मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा

धरानमा चुनकुमारीको हत्या उनकै श्रीमानको योजनामा भएको खुलासा, ६ जना पक्राउ

धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक

पाँच किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट श्रीलङ्काली नागरिक

काठमाडौँ । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक