सांसद अरुण चौधरी कैलाली कारागार चलान



धनगढी । सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ । बिहीबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्याएका चौधरीलाई प्रहरीले शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा बुझाएको थियो । अदालतले उनलाई जिल्ला कारागार कैलाली चलान गरेको हो ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए ।

ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो । कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो ।

त्यसपछि उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो । दोषी ठहर गरिएकामध्ये एक वीरबहादुर चौधरीले गत शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायधिश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरीले कैद सजाय भुक्तान नगरेर फरार रहेको खुल्न आएको थियो ।

बिहीबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो ।

कारागार चलान भएका सांसद चौधरी २०७४ सालको स्थानीय तह चुनावमा जलाइएको ट्याक्टरका धनी महादेव बजगाईँसँगै लम्कीचुहा नगरपालिको मेयरमा उम्मेद्वार बनेका थिए ।

मेयरमा हारेका उनी २०७४ कै प्रदेश सभा सदस्य पदको निर्वाचनमा कैलाली–२ को ख बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएर निर्वाचन लडेका थिए ।

२०७९ मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चौधरीलाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी, थारु कल्याणकारिणी सभा लगायतले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थारुवान पक्षबीच २०६६ भाद्र ३ गते यो ट्याक्टर जलाइएको लगायतका मुद्धा फिर्ता लिने समझदारी भइसकेको भनेका छन् । सम्झौता भए पनि पुरानो विषयलाई सुनियोजित ढंगले उठाइएको नागरिक उन्मुक्ति पार्टीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या