नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले नौ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ छ करोड २७ लाख १४ हजार ५६० बराबरको बदमासी गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख ६५ हजार १२० बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप