राजस्व छली गरेको अभियोगमा मोबाइल सेन्टर संचालकविरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो ।

यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ । विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम सात करोड ३७ लाख ७५ हजार ५७६ रुपैयाँ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो