अष्ट्रियामा एक नेपाली महिलाले गरिन् आफ्नै तीन सन्तानको हत्या



लण्डन । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ ।

अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन् ।

अर्याल १९ वर्षको उमेरमा बाबुराम अर्यालसंग विवाह बन्धनमा बाधिन युरोप आएकी थिइन् । स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समय देखि पारिवारीक समस्या थियो ।

उनीहरुको बीचको झगडाको बारेमा स्थानिय प्रहरी समेत जानकारी थियो । प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटरको दुरी भन्दा नजिक आउन नपाउने गरि प्रतिवन्ध लगाएको थियो ।

उनकी छोरीहरु गैरआवासीय नेपाली संघ लगायतका सामाजिक संघसँस्थाहरुको सांस्कृतिक कार्यक्रममा समेत सकृय सहभागी हुदै आएका थिए ।

स्रोतका अनुसार केही समय अघिमात्र उनले आफ्नो परिवारभित्र समस्या रहेको भन्दै केही सामाजिक संघसँस्थाका अगुवाहरुसंग सहयोगको लागि याचना गरेकी थिइन् ।

शनिवार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पुष्टि गरेका छन् ।

दूतावासका अनुसार प्रहरी निरन्तर दूतावासको सम्पर्कमा रहेर अनुसन्धान अघि बढाएको छ । ति महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरे पछि आत्महत्याको प्रयास गरेकी थिइन् ।

प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताएको छ । प्रहरीले अर्याललाई अनुसन्धानको लागि हिरासतमा लिएको छ । उनीको शनिवार साँझ मेन्टलहेल्थ लगायतको स्वास्थ्य परिक्षण गरिएको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय

जनकपुरधाममा सहकारीका कर्मचारीको साथबाट दिउँसै ८० लाख रुपैयाँ लुटपाट

जनकपुरधाम । जनकपुरधाममा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ । आइतबार दिउँसो

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको