युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं। जिल्ला अदालत काठमाडौंले बाफलमा एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट दुई लाख राहत दिनसमेत भनिएको छ ।

अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ ।

कार्कीको हाल उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन्

यी हुन् टिकटकमा १० करोड फलोअर नघाउने १६ वर्षे अमेरिकी किशोरी

टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी

डिजिटल प्रविधिले बालबालिकाको मस्तिष्क र बौद्धिक विकासमा कस्तो असर गर्छ ?

फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै

प्रमाणित हुनेबित्तिकै नेपालीले कोभिडविरुद्धको खोप पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर