साथीको छोरीलाई यौन दुव्र्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद



लण्डन । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।

राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।

आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् ।

घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् । राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनको आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको

नक्कली शरणार्थी बनाइ करोडौँ असुली गर्ने गिरोह पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

कमलकुमार बस्नेत, टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद