कृषि विकास बैंक ह्याकिङमा संलग्न थप एक जना पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणका एक सदस्य पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार मोरङका दीपक नेपाल पक्राउ परेका हुन् ।

नेपालको टोलीले नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।

यसअघि उनीजस्तै १८ जना एजेन्ट पक्राउ परिसकेका छन् । गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्याइएको थियो । पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए।

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ । पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा एक युवतीको हत्या

बैतडी । बैतडीमा बुधबार एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा

सप्तरीमा बेपत्ता राउतको हत्या

राजविराज । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय

ओलीलाई बालेनको चेतावनीः अब परिस्थिति फेरिएको छ, कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका

पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट