कृषि विकास बैंक ह्याकिङमा संलग्न थप एक जना पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणका एक सदस्य पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार मोरङका दीपक नेपाल पक्राउ परेका हुन् ।

नेपालको टोलीले नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।

यसअघि उनीजस्तै १८ जना एजेन्ट पक्राउ परिसकेका छन् । गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्याइएको थियो । पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए।

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ । पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

हतियारधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट

महोत्तरी । महोत्तरीमा अज्ञात समूहले बैंकमा लुटपाट गरेको छ । मंगलबार महोत्तरी गाउँपालिका–२,

रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

झापामा आफन्तबाटै अधिकांशको हत्या

  झापा  । झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको