पूजा बोहोरा बलात्कार प्रकरणः दुई अभियुक्तलाई साढे ११ वर्ष जेल सजाय



काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । त्यसैगरी पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।

सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको ढकालले जानकारी दिए ।

सर्वोच्चको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्न सरकारलाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी