घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालयका शाखा अधिकृतसहित पाँच जना पक्राउ



यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२८ गते ।
——————————————

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी रु. ३,०००।–(तीन हजार) घुस रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट मिति २०७६।०७।२७ गते उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट