रुप ज्योतिकी छोरी सुरुची पनि पक्राउ



काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतिकी छोरी छोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई पक्राउ गरेको हो ।

प्रहरीले रुप ज्योतीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो।

तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योति विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ गरेका हुन् । ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए ।

उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा रहेको थियो । त्यसैका आधारमा छोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

१० लाख भारुसहित महोत्तरीबाट एक युवक पक्राउ

महोत्तरी । महोत्तरीको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा बिहीबार प्रहरीले स्रोत नखुलेको

बालविवाह मुद्दामा पाँच जनालाई १८ दिन कैद सजाय

दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ