मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जना पक्राउ



काठमाडौं । मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बाका शंकरलाल लामा, सप्तरीका कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन् ।

बुधबार पत्रकार सम्मेलन गरी मानव बेचविखन ब्युरोले घटनाबारे जानकारी गराएको हो । भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन् ।

उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।