बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ



काठमाडौं । जहाज ढिलो आएको भन्दै जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो ।

बुद्ध एयरको चेक काउन्टरमा तोडफोड गरेपछि साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय