बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ



काठमाडौं । जहाज ढिलो आएको भन्दै जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो ।

बुद्ध एयरको चेक काउन्टरमा तोडफोड गरेपछि साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह जित नजिक, एमाले उम्मेदवार १७ हजार मतले पछाडि

वीरगंज । वीरगंजमा महानगरपालिकामा सत्ता गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह जितको

भरतपुर महानगरमा ३१ हजार मतगणना गर्न बाँकी, रेनु दाहाल ८ हजार मतले अगाडि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

‘कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी’

काठमाडौँ । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन