महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री



ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ । एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो ।

आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताए । उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्छित भएको उनी बताउँछन् । चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका एन्ड्र्यू स्टोले भने, ‘लगभग ५० वर्षसम्म त्यो चस्मा दराजभित्र त्यसै थियो। लिलामीमा राख्ने व्यक्तिले कुनै कामको चिज नभएको भन्दै त्यसलाई फालिदिन्छु भनेर मलाई एकताका भनेका थिए।’ ‘चस्माको स्वामित्व भएको व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो। बुढेसकालमा उनलाई यो ठूलो रकम निकै काम लाग्ला।’

उनले महात्मा गान्धीको चस्मालाई एउटा नयाँ ठाउँमा पुर्याउन पाएकोमा खुशी लागेको र यो लिलामी हाम्रो लागि नयाँ कीर्तिमान तथा ऐतिहासिक रूपमा पनि महत्वपूर्ण रहेको बताए । स्टोका अनुसार खामभित्र हालेर शुक्रवार राति पत्रमन्जूषामा कसैले खसालिदिएका थिए र सोमवारसम्म चस्मा त्यहीँ थियो । खाममा चस्मा फेला परेपछि उनले आफ्ना मालिकसँग सम्पर्क गरी चस्माको महत्वबारे बताए ।

अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्। ‘मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,’ स्टोले भने।

ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए । त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका