मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल



भद्रपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन् । उनले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताए ।

“जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ”, मन्त्री पोखरेलले भने, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ ।”

शुक्रबार झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए ।

उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे । उनले भने, “भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन ।”

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले झापा राजनीतिक जागरणको केन्द्रविन्दु रहेकाले जनतालाई भड्काएर आफ्नो अभिष्ट पूरा गर्न गणतन्त्र विरोधी यहीँबाट सल्बलाउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका