मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल



भद्रपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन् । उनले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताए ।

“जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ”, मन्त्री पोखरेलले भने, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ ।”

शुक्रबार झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए ।

उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे । उनले भने, “भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन ।”

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले झापा राजनीतिक जागरणको केन्द्रविन्दु रहेकाले जनतालाई भड्काएर आफ्नो अभिष्ट पूरा गर्न गणतन्त्र विरोधी यहीँबाट सल्बलाउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही

भारत भ्रमणमा ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय उठाउन प्रधानमन्त्रीलाई एमालेको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र

केही व्यक्तिले गरेका गैरकानूनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गर्नु हुँदैनः संचारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित