तीज महिलाहरूको पर्व हो, यसमा कसैको सल्लाह आवश्यक छैन


-रुक्मिणी देवी ।

कुनै पनि व्यक्ति वा समाज भाषा र संस्कृति रहित हुँदैन । मूलतः संस्कृति नै व्यक्ति वा समाजको मूल परिचय हो । हो, भाषाका माध्यमबाट पनि संस्कृति प्रकट हुन्छ तर फरक भाषा बोल्नेहरू, फरक भूगोलमा बस्नेहरू र फरक रूपरंग भएका मान्छेहरूको संस्कृति एकै हुन सक्छ । केही संस्कृति धर्म र धार्मिकतासंग अभिन्न रूपले जोडिएका हुन्छन् भने केही संस्कृतिहरूमा धर्म र धार्मिकताको प्रभाव न्यून हुन्छ । साथै, व्यबहारमा के पनि देखिन्छ भने धर्म र धार्मिकता फरक भए पनि केहीमा सांस्कृतिक निरन्तरता रहिनै रहन्छ ।

तीज नेपालीहरूको मौलिक पर्व हो । खासगरी वैदिक संस्कृतिका अनुयायीहरूले फरकफरक तरिकाले तीजको पर्व मनाउँछन् । नेपाल र भारतमा तीज मानिन्छ तर दक्षिण भारतीयहरूले मान्ने तीजको संस्कृति र नेपालीहरूले मान्ने तीजको संस्कृति फरक हुन्छ । यतिहुँदाहुँदै पनि तीज मनाउने उद्देश्य, तीजका अवसरमा आराधना गरिने देवीदेउतामा भिन्नता हुँदैन । मन्त्रहरूमा कुनै पनि भिन्नता हुँदैन । नेपालीले तीजमा प्रयोग गर्ने मन्त्रहरू र बालीका हिन्दुहरूले पूजाआजामा उपयोग गर्ने मन्त्र एकै हुन्छन् । धेरैजसो मन्त्र वैदिक, पौराणिक हुन्छन् र ती ‘जहाँजहाँ हिन्दू तहाँतहाँ मन्त्र नयाँ भनाईलाई पुष्टी गर्छन् ।

वैदिक संस्कृतिको विशेषता हो कि यहका कुनै पनि ब्रत, संस्कार तथा रितिरिवाज बाध्यकारी हुँदैनन् तर सबैले स्वतःस्फूर्त रूपमा पालन गर्ने/गराउने अपेक्षा अवश्य गरिन्छ । उदाहरणका लागि तीजमा ब्रत नबसेको कारणले वा ऋषिपञ्चमीका सप्तऋषिको पूजा नगरेको कारणले कुनै पनि महिलालाई धर्मबाट वा जातिबाट वहिष्कार गरिन्न । कुनै देवीदेवताको आराधना नगरेको कारणले वा कुनै संस्कार नगरेको कारणले कुनै पनि सनातनी धर्मबाट बहिष्कृत हुँदैन । यो सनातन धर्मको उदार संस्कृति हो । हरेक हिन्दु महिलाले तीजको आदर गरोस् र विनम्रतापूर्वक संस्कारमा सहभागिता स्वीकार गरोस् – यो समाजको अपेक्षा हुन्छ । तर तीज नमानेकै कारणले धर्मबाट वहिष्कार गरेको प्राचीनकालदेखि नै सुनिएको वा देखिएको छैन ।

सन् २०१७ मा दर्शनशास्त्रको अन्तर्राष्ट्रिय सभामा भाग लिन फ्रान्स गएको बखत इरानबाट दुईजना दर्शनशास्त्रका महिला प्राध्यापकसंग भेट गर्ने अवसर जुर्यो । हामीबीच सरल, विनम्रतापूर्ण र मित्रतापूर्ण तरिकाले मुस्लिम र हिन्दुहरूका चालचलन वारे प्रश्नोत्तर भए । मैले सोधेको थिएँ “बुर्का लगाउँदा हाम्रो समाजले अचम्म मान्छ र यसलाई इस्लामको ज्यादतिका रूपमा व्याख्या गरेको सुनिन्छ । के यो अनिवार्य र सत्य हो ? ‘होइन, बुर्का हाम्रो संस्कृतिको अंग हो । हाम्रा पुर्खाहरूले प्रयोग गर्दै आए । हामीले पनि उनीहरूबाट सिक्यौं । बास्तविकता के हो भने ‘हिजाव’ नलगाउन्दा असजिलो अनुभव हुन्छ । यो हाम्रो मानसिक व्यक्तित्वको अंग बनेको छ । हाम्रो पहिचान बनेको छ । मैले यो इस्लामी परिधान हो भने सोच्दिन । फेरी, यो लगाउँदा मलाई सहज अनुभव हुन्छ भने मैले किन यसको विरोध गरूँ ? – ती मध्ये प्रा. रुख्सनाले भन्नुभएको थियो । उहाँको कुराले सकारात्मक दृष्टिकोणको विकास भयो ।

तीज नेपाली नारीहरूले हजारौंवर्षदेखि मान्दै आएको सामुहिक र व्यक्तिगत पर्व हो । धेरै महिलाहरूले यो पर्व स्वाभाविक रूपले कर्तव्यकर्मका रूपमा मान्दै आएका छन् । निराहार ब्रत वस्ने, फलफुल खाएर वस्ने, पानी पनि नपिएर ब्रत बस्ने कि ब्रत नै नबसेर केवल तीजको रमाइलो गर्ने – हरेक महिलाको आफ्नो च्वाइस हो । ‘तीजको अवसरमा ब्रत बस्न नपाउंदा मन निकै खिन्न हुन्छ – सुत्केरो परेर ब्रत रोकिएकी एकजना महिलाले भन्नु भयो । ‘यो पनि यतिबेलै हुनु पर्ने ? दिक्क मान्दै “परसरेकी महिलाले भन्नुभयो । मैले व्यक्तिगत रूपमा धेरै महिलामित्रहरूलाई चिनेकी छु, जसले ब्रत बस्न नपाउंदा मानसिक रूपमा टर्चर झेलिरहेका छन् । मैले भेटेका मध्ये केही अतिप्रगतिशील ‘यो पितृसत्तात्मक संस्कार हो अवशेष हो, मैले मान्दिन’ भन्नेहरू पनि थिए । तर अचम्मको कुरा के हो भने उनीहरूको पारिवारिक जीवन लगभग अस्तव्यस्त नै थियो ।

तीज महिलाहरूको सामूहिक र व्यक्तिगत पर्व हो । यदि तीज मनाउंदा, तीजमा ब्रत बस्दा, तोकिएअनुसारको पूजाआजा गरेर संस्कार पूरा गर्दा कसैले किन टाउको दुखाउनु पर्यो ? जवजव तीज वा अन्य वैदिक पर्वहरू आउँछन्, घरबार बिगारेका विकासेहरू विरोधका नयाँनयाँ सिद्धान्तहरू अगाडी सारेर चर्चामा रहने प्रयत्न गर्छन् । अचम्मको कुरा त के भने यस्ता विकासेहरू आफुलाई गतिशील, प्रगतिशील र समाजवादी भएको सिद्ध गर्न चाहन्छन् । उनीहरूको क्रियाकलापले आफ्नै परिवार, समाज र मानसिक स्वास्थ्य खराव भैरहेको चाल पाउन्नन् । मलाइ लाग्छ, सरल र सहज पर्वहरूका विरुद्ध नकरात्मक सोच राख्नेहरू आफैमा मानसिक रोगी हुन्, नकारात्मक चिन्तनले ग्रस्त भएका असामाजिक प्राणि हुन् ।

संस्कृति गतिशील हुन्छन् । वैदिक संस्कृतिलाई बुझ्नेहरूले यसको गतिशीलता राम्ररी पर्गेल्न सक्छन् । यसमा अनेकौं औपचारिक तथा अनौपचारिक पर्वहरू छन् । मान्छेहरूले यी पर्वहरूमा रमाइलो गर्ने ‘रितिथिति’ बसालेका छन् । जस्तै महिलाहरूका लागि तीज र नवरात्र । अन्य धार्मिक (Religious) संस्कृति नाँच, गान, वादनजस्ता रमाइला क्रियाकलापहरूमा पूर्णतया धार्मिक प्रतिविन्ध छ । कम्युनिस्टहरूले पनि रोक लगाएकै हुन् । जबजब वैदिकहरूलाई आरम्भ गरेका रमाइला पर्वहरू आरम्भ हुन्छन् – विकासे, मुसाई तथा घृणावादीहरूलाई भत्भती पोल्छ । कुनै पनि हिन्दू महिला वा पुरुषले अर्को धर्म, संस्कृति तथा परम्परा मान्नेहरूलाई “धर्मपरिवर्तन गर्न वा तीजमा रातो सारी लगाउन, ब्रत बस्न वा ऋषि पंचमीको पूजा गर्न बाध्य पारेको सुन्नु वा देख्नु भएको छ ? अर्को कुरा, तीजको पर्व मनाउन र मान्न रोक्नेहरूले हामी महिलाहरूका लागि वैकल्पिक पर्व सुझाउ दिएका छन् ? छैनन् । भएका पर्वहरू मास्ने र एकलकाटे, निरस र रङ्गढंग नभएको समाजको निर्माण गर्न किन आतुरता ?

तीज वा अन्य पर्वलाई ‘पितृसत्तात्मक वा पछौटे भनेर लेख्नेहरूलाई लाग्छ, संसारमा आफुजतिको पढालेखा, प्रगतिशील र विकासप्रिय अर्को छैन । तर उनको यो अहङ्कार र पूर्वाग्रहले ती आफैलाई अलग्याएको छ । प्रगतिशीलता र अन्धविश्वासको विरोध गर्ने आफ्नो पूर्वाग्रहका कारण समाजको प्राकृतिक माया र सहयोग गुमाएका छन् । आफु मनोरोगी भएको व्यक्तिले अर्कोलाई पनि मनोरोगी नै देख्छ भनेझै देश विदेशमा तीजको महापर्वमा विनम्रता, आस्था तथा विश्वासका साथ मानिरहेका लाखौं संस्कृतिप्रिय महिलाहरूलाई रोगी देख्नु स्वाभाविक हो । विरोध गर्नेहरू सकिन्छन् तर महिलाहरूको महापर्व तीज रोकिन्न । काम पाइनस् फलाना पाडाको……. कन्या’ भनेझैं कहिले महिलाको महावारीको रगत र कहिले लोग्नेसंग प्रेम साटासाटको प्रसंगलाई उठाएर आफै कलंकित भैरहेका छन् । रजश्वलाको विषय महिलाहरूको नितान्त व्यक्तिगत हो । यसमा समाजवादी, बामपन्थी, मुसाई र विकासवादीले कुनै सल्लाह नदिएको राम्रो । नेपाली संस्कृति र परम्परासंग गोरू बेचेको साइनो नभएकाहरूले धर्म, संस्कृतिका विषयमा बोल्नु वा सल्लाह दिनुको कुनै औचित्य छैन । वैदिक धर्म, संस्कृति तथा परम्पराका विषयमा निर्णय गर्न सनातन धर्मका विद्वानहरूको अभाव छैन ।

यो आलेख लेख्नु पर्ने कारण पर्यो – केही विकासे तथाकथित निरपेक्षहरूले तीज तथा ऋषि पंचमीका विषयमा नमागेको सल्लाह दिएर नया पुस्ताका महिलाहरूलाई गुमराह गरेको पढियो र सुनियो । एउटा चिकित्सकले चिकित्सामा ध्यान दिनु राम्रो । एउटा राजनैतिक व्यक्तिले राजनीतिमा चिन्ता लिनु राम्रो । एउटा समाजसेवीले समाजको सेवामा ध्यान दिनु राम्रो हो तर केकानै जान्ने भएर धर्म, संस्कृति तथा परम्पराको व्याख्या गर्नु हदैसम्मको निन्दनीय विषय हो । धर्म, संस्कृति र परम्पराहरूको निर्माण कुनै समाजवादी, साम्यवादी, पूँजीवादी, सामन्तवादी वा विकासेहरूले गरेका होइन । तीज हामी नेपाली महिलाहरूको आफ्नो चाड हो । यो कसरी मनाउने ? भन्ने हाम्रो आफ्नो निर्णयको विषय हो । म एत्ति भन्नु कि तिम्रा पत्रु विचारहरू आफैसंग राख । आफ्ना घृणावादी विचारहरूसंग आफ्नो आत्महत्या गर । तर तीजजस्तो पवित्र, धार्मिक, सामाजिक, सांस्कृतिक पर्वका विषयमा तिमीले ज्ञान दिनुको कुनै अर्थ छैन । तीज हाम्रो पर्व हो, यसलाई हामीले जसरी मनाए पनि तिम्रो टाउको दुख्नु आवश्यक छैन । माईंड योएर ब्युजिनेश ।तीज महिलाहरूको पर्व हो, यसमा कसैको सल्लाह आवश्यक छैन ।