हदबन्दीभन्दा बढीको जग्गामा सरकारको किन चलखेल ?



-नारायण गाउँले ।

सामन्तवादी भनिने राजाले विसं २०२१ मैं भूमिसम्बन्धी ऐन ल्याएर हदबन्दी कायम गर्दै तत्कालीन जमिनदार र सामन्तहरूबाट लाखौँ बिघा जग्गा जफत गरेका रहेछन् । पुनर्वासका नाममा सुकुम्बासी र वास्तविक कृषकलाई जग्गा बाँडिएको रहेछ । कतिपय जमिनदार त जग्गा खोसिएकाले कांग्रेस र कम्युनिष्ट बनेका समेत रहेछन् ।

मोहियानी हक भन्ने शायद बिर्सिनुभयो होला । जग्गामा जसले अधियाँ कमाउँछ, खेती गर्छ उसको पनि हक लाग्ने र जग्गाधनीले बेच्दा कमाउनेको सहमति र हिस्सा दिनुपर्ने कानुन रहेछ । लाखौँ निमुखा किसानले यस्तो हकमापÞर्mत आफूले कमाएको जग्गामा मोहियानी हक पाएको तथ्याङ्क देखिन्छ । बहुदल आएपछि राजनीतिक पार्टीको आडमा जग्गा कब्जा र मोहियानी हकको दुरुपयोग बढेपछि २०७६ सालमा यो व्यवस्था खारिज भएको रहेछ । पैसा हुनेले असीमित जग्गा जोड्दै जाने र अर्काको भूमिमा परिश्रम गर्नेले भूमिहीन बन्दै जाने अवस्था नहोस् भनेर ऐनमा विशेष ध्यान पुगेको रहेछ ।

बर्मादेखि आसामसम्मबाट देश फर्किने नेपाली मूलका नागरिकलाई ससम्मान पुनर्वासको व्यवस्था भएको रहेछ । तिनलाई जग्गामात्रै होइन,घर बनाउने पैसा समेत राज्यले दिएको सुन्न पाइन्छ । विश्वविद्यालय, कलेज, स्कुल, अस्पताल, रङ्गशाला, एकेडेमी, एयरपोर्ट आदि सार्वजनिक क्षेत्रका नाममा सयौँ बिघा जग्गा छुट्याइएका रहेछन् । व्यक्तिलाई नदिए पनि त्यस्ता सार्वजनिक क्षेत्र र धार्मिक र सांस्कृतिक गुठीहरूलाई दीर्घकालीन स्रोत र स्थायित्वका लागि प्रशस्त जग्गा राख्न दिइएको थियो ।

आज समाजवादी व्यवस्था आएपछि स्कुल, कलेज, पार्क या अस्पतालका जग्गा धेरैजसो मासेर खाई सकियो । तपाईंको बुबालाई सोध्नुभयो भने थाहा हुन्छ, हिजोको गौचरनमा आज कार्यकर्ताको घर छ । हिजो स्कुलको खेल्ने चौरमा आज व्यापारिक सटर छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना भएको बारे त छानबिन समिति नै बनेको छ । नेपाल संस्कृत विश्वविद्यालयको सयौं बिघा जमीन हिनामिना भयो । सुकुम्बासीका नाममा आज पनि जग्गा बाँड्ने त गरिन्छ तर पाउनेहरू पार्टीका खास पात्रमात्रै हुन्छन् । अहिलेका अर्थमन्त्री विष्णु पौडेलले पनि सुकुम्बासी बनेर जग्गा पाएको पढ्नुभयो होला ।

आज पार्क, स्कुल या अन्य सार्वजनिक संरचनाका लागि जग्गा नै छैन । थप्न त परै जाओस्, हिजो छुट्याइएका जग्गा पनि आज अनेक दाउपेच सिर्जना गरेर लुछिएको देखिन्छ । गुठीका जग्गामा नेताहरूले आँखा गाडेको त सबैलाई थाहा नै छ ।
हिजो गिरिबन्धु जस्ता कम्पनीमा रहेको जग्गा जफत भइसक्ने र सरकारको स्वामित्वमा आइसक्ने जग्गा हो । सर्वसाधारण या जमिनदारको भएको भए त्यो मूलतः नेपाल सरकारकै जग्गा हो । चिया उद्योग रहेकाले त्यही प्रयोजनका लागि जफत नगरिएको हो । प्रयोजन सकिनेबित्तिकै त्यो सरकारको स्वामित्वमा आउनुपर्ने हो । उद्योगधन्दालाई प्रश्रय दिन र देशमा औद्योगिक वातावरण बनी राखोस् भनेर हिजोको ऐन लचिलो बनेको रहेछ ।

आज हाम्रो कसरत, ऊर्जा र ऐन ती जग्गालाई कसरी तोकिएको उद्देश्य बाहिर गएर बेचबिखन गर्न दिने भन्नेमा केन्द्रित छ । हरेक पार्टीमा भूमाफियाको माथिसम्म पहुँच छ । सिंहदरबार होइन, एकपल्ट आफ्नै वरपर हेर्नुभयो भने पनि हिजोका खोलाकिनार, सार्वजनिक चहुर, गौचरन, गुठी र पाटीपौवाका जग्गा आज कसैको कब्जामा पुगिसकेका छन् ।

हिजो पक्कै सामन्तवाद थियो होला । ऐन र कानुनको दुरुपयोग हिजो पनि भएकै थियो होला । तर ती सबैलाई माथ गर्ने गरी आज हिजो भएका सुधार र प्रयासलाई समेत उल्ट्याउनेतिर लाग्नुभन्दा त्यसलाई थप सुधारतिर पो लाग्नुपर्ने हो । गर्नपर्ने पनि केही छैन । हिजो औद्योगिक प्रयोजनका लागि जफत हुनबाट बचेका जग्गालाई आज उद्योगकै रूपमा चल्न दिए पुग्यो । एउटा उद्योग चल्दैन या असान्दर्भिक भयो भने उत्पादनमुखी उस्तै प्रकृतिको उद्योग त्यहाँ खुल्न र चल्न सक्छ । टुक्रा पारेर बेच्न नदिए पुग्यो । लोभ र लालचको भकारीलाई अलिकति साँघुरो बनाए पुग्यो । नत्र एकदिन पालो त सबैको आउँछ । त्यो कुर्सी घुम्ने कुर्सी हो, स्थायी होइन । एकदिन त्यहाँ अर्कै बसेको दिन त मेरो लोभको पनि हिसाब पक्कै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने काममा लाग्यो’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने ६ कम्पनीको लाइन काटियो, बक्यौता नबुझाउने उद्योगीको अडान

काठमाडौँ । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ