प्रधानमन्त्रीको विदेश भ्रमणको मुखमा यो विधेयक प्रमाणीकरण गरेर तपाईं चुक्नुभएको छ



नारायण गाउँले ।
राष्ट्रपतिज्यू, यो गलत भयो !
तपाईंलाई निर्वाचित गरेको नयाँ संसद छ । नयाँ र ताजा जनादेश लिएर आएका दल र सांसद् छन् । नागरिकता जस्तो अति संवेदनशील र अत्यावश्यक विषयमा त्यो संसद् र ती सांसदले छलफल र मत जाहेर गर्न नपाउने ? हो, संविधानअनुसार नागरिकता सम्बन्धी कानुन नबन्दा हजारौं योग्य नेपाली नागरिक नागरिकताविहीन छन् । तिनले शिक्षा र रोजगारका अवसर गुमाइरहेका छन् । बुबाआमा नेपाली नागरिक भएर पनि सन्तानले नागरिकता नपाउँदा तिनले न देशमा रोजगार पाएका छन्, न पासपोर्ट बनाएर खाड़ी मुलुक जान पाएका छन् । बैंक एकाउन्टसम्म नखुल्ने हुनाले अन्य चलअचल सम्पत्ति त छोड्नुहोस्, मोबाइलको सिमकार्डसम्म आफ्नो नाममा लिन नपाउने कैयौं नेपाली छन् । तिनको पीडा र तिनले भोगेको अन्याय बुझ्न सकिन्छ । यो काम छ वर्ष अघि बनेको पहिलो सरकारले नै प्राथमिकतासाथ गर्नुपर्ने थियो ।

तर, यही सरकारसँग पनि छ महिनाको समय थियो । तपाईंसँग पनि लामो समय थियो । एउटा विधेयकमा छलफल गर्न, संशोधन गर्न र पारित गर्न छ महिना धेरै हुन्छ । यतिन्जेल त्यो पीडा कहाँ थियो ? वैधानिक रूपमा पास गर्नै पर्ने ठाउँमा रहेकी पूर्व राष्ट्रपतिले सदनमा फिर्ता पठाएको विधेयकलाई तपाईंले एकपल्ट नयाँ संसदसमक्ष फिर्ता पठाउन नमिल्ने थियो र ? जबकि यतिबेला त यो विधेयक प्रमाणीकरण नभई निष्क्रिय बनिसकेको थियो ।

तपाईंबाट संविधान मिचेर सरकारको निर्णय उल्ट्याउने आशा राखिएको होइन । सही या गलतको जिम्मा सरकारकै हो । तर, संविधानको मर्म नमर्ने गरी विवेक प्रयोग गर्नु तपाईंको पनि कर्तव्य हुनुपर्ने हो । यत्रो उत्साह, जनमत र जिम्मेवारी बोकेर संसद् छिरेका र तपाईंलाई भोट हालेका सांसदलाई यति महत्वपूर्ण विषयमा अभिमत राख्ने अवसर नै नदिनु सरकारको मात्रै होइन, तपाईंको पनि ठूलो गल्ती हो । यही विधेयक यही संसद र सरकारले पठाएको भए र तपाईंले प्रमाणीकरण गरेको भए यो जिम्मा सरकारको हुन्थ्यो । तर, आज तपाईं चुक्नुभएको छ ।
आमजनमानसमा हाम्रो नागरिकता सम्बन्धी कानुनमाथि छिमेकीको अनावश्यक चासो छ भन्ने छाप छ । त्यसैलाई शङ्काको सुविधा दिने गरी विदेशभ्रमणको मुखमा यो विधेयक प्रमाणीकरण हुनु दुःखद छ । विधेयक सही या गलत जे होला, तर समय र तपाईं दुबै गलत देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको

बर्खायाममा पनि संचालनका लागि यसरी हुँदैछ बिपी राजमार्ग पुनर्निर्माण

धुलिखेल। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि

सांसद पद निलम्बन फुकुवाका लागि रविले सभामुख भेट्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट

किच्चकबधमा उत्खननका क्रममा भेटियो ‘दरबारको जग’

झापा। महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित