ब्राह्मणवाद के हो ?



डा. गोविन्दशरण उपाध्याय ।

(१) ब्राह्मणवाद के हो ?
–ब्राह्मण र वाद यी दुई शब्द मिलाएर ब्राह्मणवाद कल्पना गरिएको छ । सबैभन्दा पहिले अंग्रेजीमा Brahmanism शब्दको प्रयोग विलियम जोइन (सन् १७४७–१९१०) ले एशियाटिक सोसाईटीले प्रकाशित गरेको भारतवर्षको इतिहासमा गरेका थिए । उनले ब्राह्मण–समुदायको रहन–सहन, आहार–व्यबहार, सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रभावआदिलाई प्रकट गर्न यो शब्दको प्रयोग गरेका थिए । पछि, इलियाह, अम्बेदकरआदिले ब्राह्मण समुदायको सामाजिक तथा सांस्कृतिक व्यबहारको नकारात्मक प्रतिमान निर्माण गर्न प्रयोग गर्न थाले ।

भारतीयहरूले सन् १९२७ पछि छुवाछुतवादी, अहङ्कारी, शोषक तथा विभेदकारी शक्ति र समुदायका रूपमा ब्राह्मण समुदायको तेजोबध गर्न व्यापक प्रयोग हुन थाल्यो । खासगरी घृणावादी डा. अम्बेदकर र तिनका अनुयायीहरू, इसाई बनेका पूर्व हिन्दूहरू र वर्णाश्रम त्यागेर इसाई बनेका र इसाई–इस्लामलाई फैलाउने अभियानमा लागेकाहरूले पनि “ब्राह्मणवाद“ भन्दै सनातन हिन्दू, बौद्ध, जैन समुदायप्रति घृणा फैलाउने साधनका रूपमा प्रयोग गर्न थाले । आज नेपाल र भारतका इसाई, मुस्लिम तथा अम्बेडकरवादीहरूले “ब्राह्मणवाद“ शब्दको प्रयोग हिन्दू धर्म, संस्कृति, परम्परा तथा वर्णाश्रम व्यबस्थाको आलोचना गर्न प्रयोग गरिरहेका छन् ।

(२) ब्राह्मणवादी को हुन् ?
असलमा ब्राहमणवाद जस्तो कुनै दार्शनिक वा सांस्कृतिक विचारधाराको यो विश्वमा कुनै अस्तित्व छैन । वैदिक शास्त्रीय अभिमतका अनुसार जसले ब्रह्म अर्थात् परमसत्यको साक्षात्कार गरेको छ त्यही ब्राह्मण हो । ब्रह्मलाई जान्ने नै ब्राह्मण हुन्छ । आश्रमव्यबस्था र वर्ण व्यबस्थाको आधारमा हेर्ने हो भने ब्राह्मण त्यो समुदाय हो जसले “विद्या, शिक्षा, दीक्षा“आदिलाई आफ्नो पेशा बनाएर समाजलाई शिक्षित गर्न सहयोग गर्छ । ब्राह्मणवादजस्तो कुनै वाद हुँदैन तर यदि यी डलरेहरूको कुरालाई उधारो लिने हो भने जसले अध्ययन–अध्यापन, दान दिने र लिने, यज्ञ गर्ने र गराउने गर्छन् ती ब्राह्मण हुन् जसले वर्णाश्रम व्यबस्था र सनातन धर्मका मौलिक मान्यताहरूलाई जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन् ती ब्राह्मण हुन् र जसले यी मान्यताहरूलाई समर्थन जनाउँछन् ती सबै ब्राह्मणवादी हुन् । ब्राह्मण पनि दुई प्रकारका हुन्छन् –जाति ब्राह्मण र आप्त ब्राह्मण । जाति–ब्राह्मणहरूले कर्मकाण्डआदि सामाजिक, सांस्कृतिक तथा धार्मिक दायित्व पूरा गरिरहेका हुन्छन् भने आप्त–ब्राह्मणहरूले आफ्नो समय लोककल्याण र साधनामा व्यतीत गर्ने गर्छन् । आप्त–ब्राह्मण जुनसुकै वर्णका व्यक्तिले उच्चसाधना गरेर प्राप्त गर्न सक्छ ।

(३) के ब्राह्मणवाद दलितवाद विरोधी प्रतिमान हो ?
पहिलो कुरा त ब्राह्मणवादजस्तो कुनै पनि दार्शनिक विचारधारा विश्वको कुनै पनि कुनामा छैन ्र तेसरी नै दलितवाद पनि विश्वमा छैन । वैदिक धर्म, संस्कृति तथा परम्परासँग शत्रुतापूर्ण व्यबहार गर्नेहरूले “ब्राह्मणवाद र दलितवाद“ शब्दको आविष्कार गरेका हुन् । शिक्षादीक्षाको दायित्व लिएकाहरू ब्राह्मण, रक्षाको दायित्व लिनेहरू क्षत्री, व्यापार र व्यबस्थापनको जिम्मालिनेहरू वैश्य र सेवाको दायित्व लिनेहरू शूद्र भनिएका हुन् । यहाँ छुवाछुत पर्दैन । यी चारैवर्णहरू समानतहका हुन् तर कार्य (पेशा) भने आ–आफ्नै छन् । कालान्तरमा यी रूढ बनेर छुवाछुतको अवस्था सृजना भएको हो । दुर्भाग्यवस, सेवाको पेशा भएका शूद्रहरूलाई अछूतको व्यबहार गर्न थालियो र आज पनि समाजमा यो प्रचलित छ । केही सनातन धर्मसंग गहिरो शत्रूता भएका धूर्तहरूले सामाजिक, सांस्कृतिक तथा धार्मिक रितिरिवाजबाट छुवाछुतलाई समाप्त पार्नेतिर रचनात्मक सहयोगी काम गर्नुभन्दा पनि छुवाछुतमा परेका समुदायलाई सनातन धर्मसंग घृणा गर्ने इसाई वा मुस्लिममा कन्भर्ट गर्नेतिर लागे ।

ब्राह्मणहरूलाई दोष दिंदै ‘दलितवाद’लाई संस्थागत गरे । फलतः वर्णाश्रम त्यागेर इसाई वा मुस्लिम बनेकाले पनि आफूलाई “दलित“का रूपमा चिनाउने गरेका छन् । यही समस्या अम्बेदकरक घृणावादी अनुयायीहरूसंग छ । यसरी न ब्राह्मणवादको अस्तित्व छ न दलितवादको नै । ब्राह्मण र शूद्रहरू बंशियार र अंशियार भएकोले एकअर्काका पुरक हुन् । सभ्यसमाजले ब्राह्मणवाद वा दलितवादको कुरा नगरेर समान अवसर र छुवाछुत निवारणका उपायहरूको कार्यान्वयनमा लाग्नुपर्छ ।

(४) केही राजनैतिक दलका नेताहरू, केही स्वयंभू दलित नेताहरू र धर्मपरिवर्तन गराउने उद्देश्यले दलित–समुदायसँग सहानुभूतिको नाटक गर्ने षड्यन्त्रकारी र हिन्दू धर्मसँग शत्रुता गर्ने संघसंस्थाहरूले ‘ब्राह्मणवाद’ शब्दको निकै प्रयोग गर्छन् । पछिल्लो समयमा भारतीय दलित नेता ठानिएका अम्वेडकरका अनुयायीहरूले ब्राह्मणवादको निकै ठूलो स्वरमा चर्चा गर्छन् । नेपालमा पनि मङ्गोल ओर्गनाईजेसनजस्ता केही समूहले ‘ब्राह्मण–समुदायको’ आलोचना गर्न ब्राह्मणवादकै उपयोग गरिरहेका छन् । हजारौं वर्षको समाजलाई लक्षित गरिएर रचना गरिएका मनुस्मृतिजस्ता ग्रन्थहरूको आलोचना गर्ने र ‘वर्णाश्रम’मा विश्वास गर्ने समुदायलाई ‘शरणार्थी’ भन्दै उच्छितो काट्नेहरू पनि यिनै हुन् । अहिले ब्राह्मणवाद शब्दको बढी प्रयोगकर्ताहरू ‘सामाजिक, सांस्कृतिक तथा धार्मिक विखण्डन’का पक्षमा देखिन्छन् । यहींबाट बुझ्नुपर्छ कि एउटा समुदायका विरुद्ध घृणाभाव फैलाएर कस्को हित गर्न खोजिंदै छ ? के एउटा एउटा ब्राह्मणले आफूले परम्परागत रूपमा अंगिकार गर्दै आएको पेशाका लागि गालीगलौज गर्न उचित छ ? इतिहासलाई गालीगलौज गर्नेहरू प्रायोजित हुन् भने इतिहासका गलत रितिरिवाजहरूमा गर्व गर्नेहरू पछौटे हुन् र जसले इतिहासका गल्तीहरूको सजाय वर्तमान समाजलाई दिन चाहन्छन् ती सबै षड्यन्त्रकारी तथा विखण्डनकारीका मतियार हुन् ।

(५) देशमा १६ प्रतिशत जनसंख्याको प्रतिनिधित्व ब्राह्मण समुदायले गरेको छ । देशका अन्य समुदायझैं यी समुदायको पनि बास्तविक अस्तित्व छ । यदि कसैले ‘म ब्राह्मण हुँ’ भन्छ भने उसले नेपालको संबिधानले दिएको सार्वभौम अधिकार प्रयोग गरिरहेको छ । संविधानले नै देशलाई विविध जातजाति, समुदाय, भाषाआदिले सुसज्जित रहेको भनेर यो सबैको ग्यारेन्टी दिएको छ । छुवाछुतप्रति मन दुखाउनु, छुवाछुतजस्तो सामाजिक, सांस्कृतिक तथा धार्मिक कू–प्रथा समाप्त पार्न सक्रिय हुनु स्वभाविक मात्र होइन नागरिकहरूको कर्तव्य पनि हो र यो कर्तव्यको स्थापना संबिधानले नै गरेको छ । संविधानले जातियताका आधारमा गरिने छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । यति हुँदाहुँदै पनि समाजमा छुवाछुत उन्मुलन भएको छैन । नेपाली संविधानले छुवाछुत उन्मुलनका लागि बलियो व्यबस्था गरेकै छ । यतिबिध्न हुँदाहुँदै पनि यदि कुनै समुदाय, व्यक्ति वा दलले ‘ब्राह्मणवाद’का नाममा देशका १६ प्रतिशत जनसंख्याको अपमान गर्छ, दलन गर्छ, तेजोवध गर्छ भने उसले पनि जातीय अपमानःको मुद्दाको भागीदार बन्नुपर्छ । ‘ब्राह्मण’ राज्यले दिएको चिनारी हो तर छुवाछुत चिनारी होइन अपराध हो । ब्राह्मणवादका नाममा ब्राहमण समुदायका विरुद्ध वा सम्पूर्ण वर्णाश्रम विरुद्ध ‘शरणार्थी, विभेदकारी’को बिल्ला भिराउनेहरू अर्को ‘विभेदको विउ’ रोप्नेहरूका मतियार हुन् भन्न मिल्छ कि मिल्दैन ?

(६) ‘ब्राहमणवाद’ कुनै वाद होइन । यो शब्दका आविष्कारकहरूले सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिकरूपमा जागरुक र अरू समुदायलाई समेत जागरुक बनाउने प्रयत्न गरिरहेका सनातनिहरूमा हीनताबोध जगाएर, कमजोर तुल्याउने र धर्मपरिवर्तन गराउने षड्यन्त्र हो । ब्राह्मणवाद, दलितवादजस्ता शब्दहरू र यी शब्दका माध्यमबाट लक्षित अर्थ भ्रमपूर्ण, विखण्डनकारी र पुनः विभाजनकारी भएकोले सजग रहनुपर्छ । अन्यायमा पारेकाले न्याय प्राप्त गर्नुपर्छ तर यस्तो न्याय प्राप्त गर्दा अर्को समुदायलाई गालीगलौज गर्ने, अपमानित गर्ने छूट कसैलाई छैन, भ्रममा नपरौं, भ्रममा नपारौं ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार