मोहको मोहनी



डा. गोविन्दशरण उपाध्याय ।

कुनै विषय वा बस्तुप्रति तीब्र आकर्षण नै मोह हो । मोहबाट मोहनी बनेको हो । विश्वका हरेक वस्तुमा मोहनी हुन्छ तर मोहचाहिं सबैमा हुँदैन । कसैको मनलाई रूपले मोहनी लगाउँछ भने कसैलाई रुपैयाँले र कसैलाई आफ्नै शरीरले । मोह यस्तो मानसिक अवस्था हो जसले सम्पूर्ण ज्ञान, विवेक तथा तर्कलाई किनारामा लगाएर आफुले चाहेको विषय वा वस्तुलाई अग्रस्थानमा राखिन्छ । मोहनी लागेको व्यक्ति अन्धो, बहिरो, तर्कहीन, अशक्त तथा जुन बस्तुप्रति मोह भएको हो त्यस बस्तुप्रति पूर्ण समर्पित देखिन्छ । मोह नितान्त प्राकृतिक भावना हो जसले व्यक्तिलाई निश्चित उद्देश्यपूर्तिको लागि काम गर्न अभिप्रेरित गर्छ । तर यदि कुनै विषय वा वस्तुप्रति अतिआकर्षण हुन्छ तर त्यो वस्तु वा विषयप्रतिको आकर्षणले सम्बन्धित व्यक्तिको जीवन चुर्लुम्म डुब्छ भने त्यस्तो मोह आत्मघाती हुन्छ ।

विश्वको कुनै पनि व्यक्ति मोहरहित हुँदैन तर आजको समयमा हरेकको मनलाई “क्यापिटल“ अर्थात् पैसाले मोहनी लगाएको छ । हरेक व्यक्तिले आफ्नो सफलताको अन्तिम चुरो पैसालाई ठान्न थालेको छ । हाम्रो शिक्षा, अर्थतन्त्र तथा सामाजिक एवं सांस्कृतिक व्यबस्थामा समेत “पैसा“ प्रवेश गरेको छ । नैतिकता वा लक्षको अन्तिम सत्य पैसा बनेर उदाएको छ । विश्वका सम्पूर्ण लक्षहरू “पैसा“को मोहनीका अगाडी निकै साना देखिन्छन् । किनभने आजको विश्वमा गोजीमा पैसा छ भने हरेक सुखसुविधाका साधनहरू, सम्बन्धहरू, धार्मिक तथा सांस्कृतिक व्यबस्थाहरू जुटाउन सकिन्छ भने भ्रम छ । हामी पैसाका अगाडी मोहितमात्र होइन भ्रमित पनि छौँ । दोश्रो, मान्छेको मनलाई मोहित पार्ने विषय “सेक्स“ बनेको छ । मान्छेले विज्ञानको आड लिएर सेक्सका लागि सम्पूर्ण धार्मिक, सामाजिक तथा सांस्कृतिक मान्यताहरू अस्वीकार गरिरहेको छ । तेस्रो मोहनी “खानपिन र भ्रमण“ले लगाएको छ । मान्छेले घुम्ने र खाने नियमहरू वेवस्ता गर्न थालेको छ । चौथो, आधुनिकता अर्थात् स्वच्छन्दताको मोहमा मान्छे निकै गहिरो फंसिरहेको छ ।

धन, सेक्स, भोजन तथा स्वतन्त्रता मान्छेका लागि प्राकृतिक रूपमा जीवनयापन र निरन्तरताका लागि अति आवश्यक विषय हुन् तर यी वस्तुको मोहमा फंसेको व्यक्ति वा समाजका लागि धार्मिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक मूल्यहरूको कुनै अर्थ रहन्न किनभने मोहनीको अन्धोपनमा मूल्यहरू अर्थविहिन हुन्छन् । व्यक्तिले केवल त्यो विषय, वस्तु वा व्यक्तिका लागि काम गर्छ जसले मोहित गरेको विषयवस्तु वा व्यक्ति प्राप्त होस् ।

सत्य के हो भने आजको मानिस विगतका तुलनामा शारीरिक रूपमा निकै सुखी छ तर मानसिक रूपमा धन, खानपीन, सेक्स, अत्यधिक स्वतन्त्रताको चाहनाका कारण मानसिक रुपमा निकै विरामी छ । यो मानसिक विरामी बनाउने कामचाहिं शिक्षा तथा सरकारहरूले गरिरहेका छन् । शारीरिक सुखको अर्थ मानसिक खुसी हुँदैन भन्ने तत्थ्य आजको प्राविधिक विकासले प्रष्ट जनाएको छ । सुख आएको छ तर मानसिक खुसी टाढिएको छ । आफ्ना छोराछोरीलाई उच्चशिक्षा दिएर खुशी हुने सपना बोकेका अभिभावकहरू सन्तान अमेरिका वा वेलायत भासिएर एक्लै एक्लोपनको मानसिक दुःखले पिडित हुँदैछन् भने धन, स्वतन्त्रता र सुखको मोहले अमेरिकामा भासिने व्यक्ति पनि “धेरैधेरै“को मोहमा यसरी भासिएको छ कि उसले आमाबुवालाई पैसा पठाउँन सक्छ तर माया, प्रेम र सम्मान प्रदान गर्न सक्दैन ।

भागवतको सातौँ स्कन्धमा विष्णु भगवानको मोहनी रूप देखेर भगवान् शङ्कर मोहनीसंग सम्बन्ध बनाउन आतुर हुँदै आफ्नै पत्नी पार्वती तथा विष्णु भगवानले देख्दादेख्दै पछि लागेको प्रसंग छ । यसमा भगवान् शङ्करलाई प्रतिक बनाएर मान्छेलाई उपदेश दिइएको हो । जव मान्छे कामले (सेक्स) मोहित हुन्छ, श्रीमान्, श्रीमती, आफ्नो पोजिसन तथा उत्कर्ष सबै भुल्छ । हाम्रै वरिपरी धेरै नाम चलेका मान्छेहरू “सेक्सबाट मोहित भएर“ जेल गएका, आत्महत्या गरेका र गुमनाम भएको देखेका छौँ । मोहको मोहनी के हो भने परिणाम थाहा हुँदाहुँदै पनि मान्छेले आफुलाई रोक्न सक्दैन । मोहित भएको मान्छे आफु त बदनाम हुन्छ, हुन्छ आफन्त वा समाजलाई पनि गहिरो चोट दिएर जान्छ । त्यसैले मोहलाई जित्न सकिन्न तर नियमित गर्न सकिन्छ । मोहको मोहनीबाट निस्कन सकिन्छ तर तपाईले यकिन गर्नुपर्छ कि तपाईंलाई को, कसरी र कसले मोहनी लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ