‘घनश्यामजीलाई गठबन्धनमा तानेर टिकट दिने होइन, स्वतन्त्र उम्मेदवारीको समर्थनमा अभियान चलाउने हो’



किशोर नेपाल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बिगत पैंतालीस बर्षदेखि पार्टीमा सक्रिय रहेका फरक बैचारिक धारका राजनीतिज्ञ घनश्याम भूसालको राजनीतिक हत्याको प्रयास गरेका छन । भूसालले आउँदो चुनाव लडन पार्टीको टिकट पाएनन । उनी कामरेड ओलीको सर्वसत्तावादी नेतृत्वको शिकार भए ।

घनश्यामजीसंग मेरो परिचय २०४६ जन–आन्दोलनताका भएको हो । म त्यतिखेर चक्र बाँस्तोला, हरिशर्मा र म जन–आन्दोलनको प्रचार–प्रसारका लागि दिल्लीमा थियौ । हाल माओवादी पार्टीको नेतृत्व तहमा रहेका गणेश साह पनि दिल्लीमा थिए । संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको त्यो जन–आन्दोलन ऐतिहासिक थियो ।

आन्दोलनको समाप्तिपछि घनश्यामजीसंग म सामान्य सम्पर्कमा मात्रै थिएँ । २०६२ को युगान्तकारी आन्दोलनपछि घनश्यामजी पार्टीको बैचारिक फाँटमा सक्रिय रहे । उनले आफनो दलभित्र उदार बैचारिक राजनीतिको धारलाई तिखार्न अनेक प्रयोग गरे । नेपालको लोकतान्त्रिक आन्दोलनमा समाजवादी धारका सर्वाधिक प्रभावशाली विचारक प्रदीप गिरिलाई कम्युनिष्टहरुको शिविरमा प्रशिक्षकका रुपमा निम्त्याए । नेपालको राजनीतिक–बैचारिक आकाशमा यो सर्वथा साहसिक कदम थियो । नेपाली कांग्रेसको टिकटमा संसदीय चुनाव जितेर आएका गिरि कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा उपस्थित भए ।

बिश्व कम्युनिष्ट आन्दोलनका लियोन ट्रट्स्की, रोजा लक्जेम्बर्ग र अन्य महान हस्तीहरुको जीवनको त्राशदीलाई जसले बुझेका होलान तिनले नेपालमा घनश्याम भूसालले अहिले भोग्नु परेको त्राशदीको भेउ पक्कै पाएका होलान । अहिलेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले घनश्यामजीलाई गठबन्धनमा तानेर टिकटदिने होइन, उनको स्वतन्त्र उम्मेदवारीको समर्थनमा अभियान चलाउने हो । घनश्याम भूूसाल मन्त्रीका रुपमा असक्षम सावित भए । तर, बिचारका हिसावले उनी सक्षम ब्यक्तित्व हुन । शेरबहादुर, प्रचण्ड, माधव नेपालको घैंटोमा घाम लागोस् ।

निर्दलीय पन्चायत ब्यबस्थाका समयमा हुल्याहा र गुण्डाका रुपमा सर्वाधिक बदनाम भएका हाल राप्रपाका बयोबृध्द नेता दीपक बोहोराका लागि पनि यो पापमोचनको सुनौला अवसर हो । उनले अन्तरआत्माको आवाज सुनेर घनश्याम भूसालको पक्षमा आफूलाई उभ्याए भने त्यो नेपाली राजनीतिको ऐतिहासिक मोड हुनेछ ।

वरिष्ठ पत्रकार किशोर नेपालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको

नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति