कांग्रेसका भावी प्रधानमन्त्री गगन थापा र अर्थ मन्त्री स्वर्णिम वाग्ले !



शारदा प्रसाद त्रिताल ।

निर्वाचन भनेको माहोल सिर्जना गर्नु पनि हो । नेकपा एमालेले आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई अवको प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा प्रस्तुत गरेर एउटा माहोल सिर्जना गर्यो । यद्यपि निर्वाचनको माहोल सिर्जना हुने स्तरको सो पार्टीमा अर्को कुनै नेता छैनन् । उहाँ निर्विकल्प हो । अव युवा र वेदाग नेताहरुलाई सांसदको टिकट दियो भने एमालेको लागि थप माहोल बन्ने देखिन्छ । नेपाली कांग्रेसले पनि अव कोही नेतालाई चुनाव पछिको प्रधानमन्त्री प्रस्ताव गर्यो भने माहोल सिर्जना हुन्छ ।

मेरो विचारमा सांसद गगन थापालाई प्रधानमन्त्री र डा स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रीमा प्रस्ताव गरेर चुनावमा जाने हो भने नेपाली कांग्रेसको लागि अहिलेको अवस्थामा सबैभन्दा राम्रो माहोल बन्नेछ । एमालेलाई उछिन्ने हो भने कांग्रेसका लागि यही मात्र विकल्प देखिन्छ । वर्तमान प्रधानमन्त्री र अरु म बरिष्ठ हुँ, मैले प्रधानमन्त्री हुने अवसर पाउनु पर्छ भनेर धमास दिने नेताहरुको नामै नलिए हुन्छ ।

युवा र वेदाग नेताहरुलाई उम्मेद्वार बनाउनु जरुरी देखिन्छ । कांग्रेसले यति बुद्धि पुर्याउने हो भने गठबन्धनको रडाको पनि गरिरहनु पर्ने थिएन । सबै दलहरुले प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री र दुईपटक मन्त्री भइसकेका व्यक्तिलाई विश्राम दिएर वेदाग नेता तथा युवाहरुलाई अघि नसारे धेरै स्थानमा स्वतन्त्रहरुले उछिट्याइ दिने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा

महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको

तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा