अर्थपूर्ण संवाद



डा. गोविन्दशरण उपाध्याय ।

यो कथा होइन – ४५ (अर्थपूर्ण संवाद)
कतारी समय : बेकुका ८ः ४५

कतारदेखि हामी दुई एकै सीटमा पर्यौं । उनी ३३ वर्षकी, रोमन क्याथोलिक तर पेशाले चिकित्सक स्वीडिस हुन् ्र क्यानवेरासम्मको लामो यात्रा संगै गर्नुथियो । संवाद नहुने कुरा नै भएन ।
तपाईं भारतीय हो ?
म नेपाली हुँ ।
नेपाल त हिन्दू राष्ट्र हो नि ?
होइन, आजभोली धर्म निरपेक्ष छ ।
विश्वमा एउटामात्र हिन्दू राष्ट्र थियो ?
हो, आज छैन ।
किन हटाउनु भयो ?
देशमा ८३% हिन्दू, १०%, २% जति इसाई र वांकी अन्य धर्म मान्ने मान्छे छन्, राज्यले सबैसंग समान व्यबहार गर्न सकोस् भनेर – नेताहरू यही भन्छन् ।

मुस्लिम वा इसाई ८०% भएको देशमा धर्मनिरपेक्षताको कल्पना पनि हुँदैन । तपाईं इसाई भएर यस्तो भन्ने ? ‘म इसाई हुँ, मैले जिससमा आस्था राख्छु तर इस्लाम र इसाईका नाममा हामीले धेरै जीवन्त सभ्यता गुमाएका छौं । बाइबलले हाम्रो मौलिक पहिचानमै मेटाएको छ । मसँग बाइबलले दिएको बाहेक पूर्खाको पहिचान र इतिहास छैन ।

नेपालमा पनि इसाईहरूले राम्रो प्रचारप्रसार गरिरहेका छन् । तपाईं खुशी हुनु पर्ने होइन र ? “म खुसी हुन्न । विश्वका १ अरव हिन्दूका लागि एउटा “पहिचान”को राष्ट्र हुनुपर्थ्यो । प्राचीनतम सांस्कृतिक निरन्तरताका लागि पनि यस्तो हुनुपर्छ । हाम्रा नेता त्यसरी सोच्दैनन् ?
एकेश्वरवादमा अन्य धर्म, आस्था तथा संस्कृतिका लागि कुनै ठाउँ हुँदैन । हिन्दूहरूले धेरै देवदेवीको उपासना गर्छन्, होइन र ?

हो, हामी प्रकृतिका सबै वस्तुहरूको पूजा गर्छौं, हामी मूर्ति पूजक हौँ । उस्तै परे, हाम्रो मन्दिरमा जिसस–मोहम्मदको फोटो पनि हुन्छ । हाम्रो मनोविज्ञानमा आफूभन्दा फरकलाई घृणा गर्ने कोडिंग नै गरिएको छैन । “त्यसो भए त हिन्दू–बौद्धहरू प्राकृतिक समावेशी समाजको प्रतिनिधित्व गर्दा रहेछन् । मुस्लिम–इसाईमा त आफ्नै धर्मभित्रका सम्प्रदायहरूले एकअर्काको धार्मिक अस्तित्व स्वीकार हुँदैन । म रोमन क्याथोलिक हूँ, मलाई प्रोस्टेस्टेन्टको चर्चमा जाने इजाजत हुँदैन । यस्तैयस्तै मुस्लिममा पनि छ । हाम्रो देशमा सुन्नीहरू सियाको मस्जिदमा जाँदैनन् । एकअर्का विरुद्ध नक्कली भएको आरोप लगाउँछन् ।

‘हाम्रो मा त्यस्तो छैन । हाम्रा लागि जिसस पनि एउटा अवतारका रूपमा आदरणीय छन् । मैले हाम्रो देशका इसाई–मुस्लिमहरूले हिन्दू तथा बौद्ध देवीदेवता तथा धार्मिक क्रियाकलापलाई सैतानी भनेर गालीगलौज गरेको सुनेको छु । सारै मन दुख्छ । हामी आफ्नो ठान्छौं, उनीहरू सैतान भन्छन् ।

अनि, कानुनले बन्देज लगाएको छैन र ? “नेपालमा हिन्दू–बौद्ध धर्म, संस्कृति तथा परम्पराको पक्षमा कुरा गर्नेलाई राज्यले अपराधीसरह व्यबहार गर्छ । जातीयता र क्षेत्रीयतालाई “पहिचान”का रूपमा परिभाषित गर्दै पश्चिमा आइएनजिओले समावेशीकरण शिक्षा दिन्छन् ।
के आइएन्जिओहरूलाई सरकारी संरक्षण प्राप्त छ ?

हो नि, हाम्रा प्रधानमन्त्री, मन्त्रीहरूनै आइएनजिओको कार्यक्रमको प्रायोजक बनेको उदाहरण छ । सबै पार्टीको नेतृत्व आइएनजिओको सम्पतिमा विदेश भ्रमण गर्छन् । यहाँसम्म कि केही राजनैतिक दल त आइएनजिओले जन्माएका हुन्, हाम्रो म यस्तै छ ।

के उनीहरू कम्म्युनिस्ट वा कम्युनिस्टका वर्णशंकर हुन् ? कम्युनिस्टका वर्णशंकर ? मैले बुझिन । असलमा समाजवाद कम्युनिस्ट र कट्टरपन्थी इसाई–मुस्लिमहरूको मिश्रित अवस्था हो । जसले सधैं मुस्लिम र इसाईका पक्षमा काम गर्छ । समाजवादको अर्थ रैथाने र प्राचीन सांस्कृतिक, शास्त्रीय तथा परम्पराहरूको मृत्यु हो । तपाईंले मुस्लिम र इसाई बहुलदेशका सभ्यताहरू मासिएको देख्नुभएको छैन ?
“मलाई त सबै धर्म समान हुन् जस्तो लाग्छ ? हाम्रा विद्यालयहरूमा यही पढाइन्छ ।

त्यसो भए त मुस्लिम र इसाई राष्ट्रहरूमा हिन्दू वा रैथाने धार्मिकहरूले समान अवसर प्राप्त गर्नु पर्ने होइन र ? तर मुस्लिम वा इसाई देशहरूले आफ्नै धर्मभित्रका सम्प्रदायसंग विभेद गर्छन् । के नेपालले पनि इसाई–मुस्लिम राष्ट्रहरूकै व्यबहार नेपाली मुस्लिम–इसाईसंग गरोस् ?
त्यस्तो होइन, मलाई मेरो धर्म प्यारो लाग्छ । आफ्नो धर्म, संस्कृतिलाई जोगाउन अर्काको दमन गर्नुपर्छ भन्ने हुँदैन तर देशको नेतृत्व र जनताले आफ्नो मौलिक धर्म, संस्कृति, असलपरम्परा, विज्ञानआदि जोगाउन छुट्टै तर कडा कानुनको व्यबस्था गर्न सक्छन् । इसाई वा मुस्लिम धर्म–संस्कृतिलाई महत्व दिएर तपाईंको नेपालीपना जोगिन्छ त ?

हाम्रा नेताहरू यसै भन्छन् ? म सहमत हुनै सक्दिन । नेताहरू आफ्नो राजनैतिक स्वार्थबाट प्रेरित हुन्छन् । उनीहरूसँग इमान्दारिताको खडेरी हुन्छ । मलाई लाग्छ, हिन्दू र बौद्धहरू हामी इसाई र मुस्लिमझैं कट्टरपन्थी छैनन् । त्यसैले नेपालमा मुस्लिम–इसाई फस्टाएका छन् । धर्मनिरपेक्षताले तपाईंहरूको यस्तो प्राकृतिक उदारतालाई “अब्रहमीकरण” हुन्छ । यो हिन्दू र बौद्धहरूको प्रकृति विरुद्ध हो कि जस्तो मलाई लाग्छ । अहिले हामीसंग इसाई हुनुको विकल्प छैन जुन दिन मैले आफ्नो असली इतिहास प्राप्त गर्ने छु, मभित्रको इसाई मार्ने छ । तपाईं भाग्यमानी हुनुहुन्छ तपाईंको हिन्दू–इतिहास जस्ताको तस्तै तपाईंसँग छ ।

धन्यवाद, मैले तपाईंसंग भएको यो संवाद लेखेर पत्रपत्रिकामा दिने विचार गरेको छु । के यस्तो गर्न सक्छु । अवश्य गर्नुपर्छ । मेरो नाम डायना हो, चिकित्सक भनेर पनि लेख्नुहोला । हामी मित्र बन्न सक्छौं । तपाईंको नाम पनि मलाई भन्नुस् ।

त्यसपछि हामी असलमित्र छौँ । समयसमयमा चर्चा हुन्छ । नेपालवारे उनी चिन्तित हुन्छिन् । तथाकथित धर्मनिरपेक्षतावादी नेपाली बुद्धिजीवीहरू असहमत हुँदैमा सत्य बदलिन्न । धर्मपरिवर्तन गरेकाहरूसँग सोध्नु होला–के उनीहरू हिन्दू, बौद्धहरूको धार्मिक, सांस्कृतिक अस्तित्व स्वीकार गर्छन् ? के एउटा हिन्दू इसाई–मुस्लिमहरूको स्वर्गमा प्रवेश पाउँछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई