प्रदीप दाइको निधनले चिन्तनको त्यो पाटो अधुरो नै रहने भयो



केशवप्रसाद भट्टराई ।
राजनीतिमा अराजक र अव्यवस्थित तर विचार र दृष्टिकोणमामा अत्यन्त स्पष्ट, अनुशाशित काङ्ग्रेस नेता प्रदीप गिरी नेपालमा समाजवादका सर्वमान्य प्रवक्ता हुनुहुन्थ्यो । मार्क्सवाद र समाजवादलाई तर्क, तथ्य र प्रमाणलाई जोडेर निर्विवाद रूपमा प्रस्तुत गर्न सक्ने अर्को व्यक्ति समसामयिक नेपाली राजनीतिमा छैनन् । आफ्ना लेख , रचना , भाषण र अन्तर्वर्तामा पाठक, दर्शक र स्रोतालाई शुरूदेखि अन्त्यसम्म चुम्बकले जस्तै तानिरहन सक्ने अद्भूत क्षमता का प्रदिप गिरीको निधन राष्ट्र र समाजको अपूरणीय क्षति हो । आफ्नो विवेकलाई कहिल्यै पराजित हुन नदिने प्रदीप गिरी एक विलक्षण विचारक र राजनीतिज्ञ थिए । प्रदीप दाइमा हार्दिक श्रद्धान्जलि । भारती भाउजु र शोक सन्तप्त अन्य परिवारमा हार्दिक समवेदना !

एउटा कुरा सधैं खट्किरहने भयो । काङ्ग्रेस नेता ढुण्डीराज शास्त्रीको अध्यक्षताको शहीद स्मृति प्रतिष्ठान नाउको एउटा संस्था छ । ट्रेड युनियन नेता खिलानाथ दाहाल त्यसको महासचिव । शहीद स्मृति प्रतिष्ठानले उदयपुरमा एउटा विचार गोष्ठी राखेको थियो । विषय थियो नेपालकोलागि एउटा प्रस्तावित अर्थतन्त्रको प्रारूप । ढुण्डीराज दाइको संस्थाको कार्यक्रम –उहाँ आफैँ कट्टर समाजवादी । नेपालमा समाजवादका सवैभन्दा प्रखर प्रवक्ता प्रदीप गिरी टिप्पणीकार ! कार्यपत्र मेरो जिम्मा ।

र म समाजवादको प्रशंसक र समर्थक नभएको स्थिति । उदार अर्थतन्त्रमा सामाजिक कल्याण, सुरक्षा र सरोकारको व्यवस्थित र आधिकारिक प्रवेशमा मेरो विश्वास मैले पन्छिन खोजें, आफू सो जिम्मेवारी लिन अयोग्य भएको बताएँ तर खिलाजीले मान्दै मान्नु भएन । ढुण्डीराज दाइ पनि त्यस्तै । केही नलागेपछि मैले उदार अर्थतन्त्र र आर्थिक समाजवादलाई जोडेर एकीकृत उदार सामाजिक अर्थतन्त्रको एउटा खाका तयार गरेर प्रस्तुत गरें ।

टिप्पणीमा प्रदीप दाइको निष्कर्ष थियो यो अवधारणामा गम्भीर अध्ययन गर्नुपर्ने रहेछ तपाइँ हामी बसेर यसबारे थप गम्भीर अध्ययन गरौंला । तर त्यो साइत जुटेन । नेपालमा समाजवादका अभावहरूको चर्चागर्न सर्वाधिक योग्य र सक्षम व्यक्ति नै प्रदीप गिरी हुनुहुन्थ्यो । नाराले गाँजेको हाम्रो वौद्धिक समाजमा वौद्धिक स्तरमा त्यो वहश गर्ने र तथ्य र प्रमाणलाई स्विकार्न सक्ने व्यक्ति सम्भवत छैनन् । चिन्तनको त्यो. पाटो अधुरो नै रहने भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै