भ्रष्ट्राचार निवारण



डा.गोविन्दशरण उपाध्याय

समय : रात्री : ८ः५५
गापा अध्यक्षको नेतृत्वमा भ्रष्ट्राचार निवारण विषयक गोष्ठी भयो । गाउँका लागि निकै उपलब्धि मानियो । नेपाल सरकार, गापा र भ्रष्ट्राचार निवारणमा काम गर्ने विश्वप्रसिद्ध आइएजिओका गोह्रो छाला भएका महासचिव नै प्रमुख प्रशिक्षक थिए भने स्थानीय प्रतिनिधि पनि थिए । तीनदिने प्रशिक्षणलाई गापा अध्यक्ष,वडा सदस्य, नेपाल सरकारका प्रतिनिधिहरूले निकै उपलब्धि मूलक माने । समाचार छापिए, अन्तरवार्ता भए ।सबैले भ्रष्ट्राचार नियन्त्रित हुने विश्वास गरे किनभने प्रतिनिधिहरूले विश्वभरिका उदाहरणहरू पेस गरेर कहाँ र कसरी भ्रष्ट्राचार हुने गर्छन् उदाहरणसहित बुझाएका थिए ।

प्रशिक्षण सकियो । सबै आ–आफ्नो बाटो लागे । काका पनि घर फर्कनु भयो । काकाले बेलुका भन्नुभयो “मैले दैनिक ३५०० भत्त्ता बुझ्न र काठमाडौँमा बनेको परिकार खान पाएँ । नयाँनयाँ कुरा बुझियो, नयाँनयाँ मान्छे देखियो । अब मान्छेले रुवाण्डा गरिने भ्रष्टाचारका तरिका पनि थाहा पाए । भ्रष्ट्राचार निवारण हुन्छ कि हुँदैन भन्न सक्दिन तर विदेशबाट भ्रष्ट्राचार गर्ने नयाँ प्रविधि भने भित्रिएको छ । उहाँले अगाडी थप्नुभयो “हरेक दिन हेलिकप्टरबाट हाम्लाई प्रशिक्षण दिन काठमाडौँबाट आउनेहरूले गोराले दैनिक ३ लाख ७० हजार भत्ता बुझ्दा रहेछन् । सहयोगीले दुई दिनको ८० हजार बुझे, मैले देखि हालें ।

“बाबु ! तेरो पनि एनजीओलाई चिन्छस्, एसो मलाई पनि महिनाको ३०– ४० हजार भत्ता बुझ्ने प्रशिक्षकको सहयोगीमा काम लगाई दे न, म पनि भ्रष्ट्राचार निवारणका लागि काम गर्छु – काकाले पहिलो पटक गापाले आयोजना गर्ने प्रशिक्षण र भत्ता बुझेपछि वेलुका मलाई भने । काकाको अनुहार निर्दोष थियो, उनी जे बोलिरहेका थिए सत्य बोलिरहेका थिए ।

काकाको निर्दोषअनुहार, आइएजिओका गोरा प्रशिक्षकले बुझेको दैनिक भत्ता र आफुले महिना मरेपछि बल्लबल्ल आउने तलव सम्झे र काठमान्डौबाट हेलिकप्टरमा चढेर आएको खाजाको खाने भाग्यमानी काकाले खाएको “छाक“को कति पर्यो होला सोच्दै छु ? !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डले पूर्वउपराष्ट्रपति पासाङलाई बनाए पार्टी उपाध्यक्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उपाध्यक्ष पदमा मनोनीत गरेको

पार्टीको महाधिवेशन कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीतः महामन्त्री थापा

तुलसीपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड

काठमाडौँ । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड

जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताका लागि यस्तो भयो सहमति

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकता गर्ने सहमति भएको छ