मतदान र गीता



डा. गोविन्दशरण उपाध्याय ।

कर्तव्यको भावनाले पूरित हुँदै याचकको कल्याणको कामना गर्दै असल देश, असल समय र असल पात्रलाई दिने दान सात्विक हुन्छ । गीता १७/१९ यस्तो दानले देश, समाज र व्यक्तिको कल्याण हुन्छ ।

नामका लागि, कुनै स्वार्थसँग जोडिएर फल प्राप्तिको लागि तथा देखाउनका लागि दिइने दान राजसी हुन्छ । गीता १७÷२० यस्तो दानले आफ्नो नाम चल्छ र उपकार पनि हुन्छ ।

कुदेश, कुसमय र कूपात्रलाई (नजानेको अबुझेको र चरित्र कस्तो छ भन्ने थाहा नभएको) र आफूले दिएको दानको प्रयोग कसरी हुन्छ भन्ने पनि जानकारी नभएको दानलाई तामसी दान भनिन्छ । गीता १७÷२१ यस्तो दान देश, समाज र दाता स्वयंलाई पनि खरावी गर्छ र अनन्तः मृत्युपछि नर्कमा जाक्छ ।

मतलाई पनि नेपाल सरकारले दानकै श्रेणीमा राखेको छ । त्यसैले हामी सबै दानदाता हौँ । यदि हाम्रो मतले देश, समाज र दाताको कल्याण हुन्छ कि ? दाताको नाम चल्छ कि अथवा मतदानले देश, समाज र व्यक्तिलाई कमसल मार्गतिर धकेल्छ कि ? विचार गरेर असल व्यक्तिलाई मात्र मतदान गरौँ ।

तपाईं हामीलाई संजिधानले व्यक्तिगत रूपमा आफै निर्णय गरेर मतदान दिने अधिकार दिएको छ । त्यसैले मतदान गर्दा गीताले कस्तोलाई दान दिंदा मतदानसँग न्याय हुन्छ र तपाईंको मतदानले देशको धर्म, संस्कृतिको रक्षाका साथै यसको गौरव र अस्मिता समेतको रक्षा हुन्छ भन्ने तत्थ्य सुनिश्चित गर्नुहोला । पापीलाई जिताउने मतदान भन्दा हार्ने नै सुनिश्चित भएको असलपात्रलाई भोट दिनु महत्वपूर्ण हुन्छ ।
तपाईंको हारजितका लागि होइन देशको गौरव तथा अस्मिताको रक्षाको लागि खवरदारी हुनुपर्छ । आफ्नो विवेक प्रयोग गरेर मतदान दिउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड भन्छन्-अब जनताको भरोसा माओवादी केन्द्र

नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

सुनसरीको रासीमा गोली प्रहारबाट दुई जना घाइते, एक गम्भीर घाइते

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई

३१ वर्षपछि पक्राउ परे काभ्रेमा हत्याका अभियुक्त

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ

बिस्केट जात्राको पाँचौं दिन ढालियो ५५ हात लामो योसिद्यः

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात