सङ्गीतको शास्त्रीयता



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक संस्कृतिले विकास गरेका असंख्य कलाहरू मध्ये सङ्गीत पनि एउटा हो । साम वेद सङ्गीत–दर्शनको पहिली साक्ष हो भने सरस्वती गायन विद्याको अधिष्ठात्री देवी हुन् । त्यसो त हरेक हिन्दू, जैन तथा बौद्ध देवदेवताका हातमा एउटा न एउटा सङ्गीतको लागि वाद्ययन्त्र हुन्छ नै । प्राचीनकालमा सङ्रीतलाई गान्धर्ववेद भनिन्थ्यो भने आजपनि नेपालमा गन्धर्वजातिको अस्तित्व छँदैछ । प्राचीन समयमा सङ्गीतका (गायन, वादन र नृत्य) अंगहरू पूर्ण विकसित देखिन्छन् । अर्कोतिर सम्पूर्ण वैदिक संस्कृत साहित्यहरु (श्लोक) फरकफरक तवरले गाएर नै पढिन्छन् । त्यसैले सङ्गीत नजान्ने व्यक्तिलाई पशु नै भनेर नीतिशास्त्रहरूले बचन लगाएका छन् ।

सम्पूर्ण वैदिक सङ्गीत सा, रे, ग, म प, ध, नि यी सातबटा अक्षरमा समेटिएको छ । यी छवटा अक्षरहरू (स्वरहरूको) विभिन्न सम्मिश्रणबाट छ वटा आधार रागहरूः हिन्डोल, दीपक, मेघ, भैरव श्री र माल्कोशको निर्माण भयो । असलमा यी सबै प्रमुख रागहरू भरतवर्षका छ ऋतुहरूको प्रकृतिअनुसार संयोजन र उपयोग गरिन्छ ।

हिन्डोल राग वसन्त ऋतुमा विहान सुर्योदयपछि गाइन्छ भने राग दीपक ग्रीष्म ऋतुमा १० देखि २ बजेको बीचमा प्रयोग हुन्छ । यसैगरी, मेघ राग वर्षा ऋतुमा गाइन्छ भने भैरव राग विहानी (ब्रह्ममुहूर्त देखि सूर्योदयसम्म) शरद ऋतुमा गाउँदा ऋतुसम्मत ठहर्छ । राग श्री हेमन्त ऋतुमा सायंकाल गाइने प्रमुख राग ह भने मालकोश राग शिशिर (चिसो ऋतुमा) मध्यरात्रीमा गाइने नियम हो ।

ऋतुअनुसार रागहरु बढी प्रभावदायक हुन्छन् अद्यापि आवश्यकता अनुसार रागहरू गाउन सकिन्छ तर शुद्ध रागहरु ऋतुअनुसार गाउँदा बढी मनोरम, आनन्ददायक र आध्यात्मिक साधनका लागि फलदायक हुन्छन् । उपरोक्त छ बटा आधाररागका १२६ बाट रागिनी छन् भने ती रागिनीहरूबाट कमसेकम पांचबटा उपरागहरूको विकास भएको छ । प्रत्येक रागमा वादी, संवादी, अनुवादी विवादी यी चार स्वर सम्मिलित हुन्छन् ।

मलाई सङ्गीत सिक्ने ठूलो रहर थियो र वृन्दावन प्रवासमा अध्ययनरत रहंदा साह्रै रहर लागेर सेवाकुंज नजिकै एकजना सन्त संगीतज्ञ कहाँ सङ्गीत सिक्न गएँ । मैले सङ्गीत त सिक्न सकिन तर आधारभूत जानकारी प्राप्त गर्ने सौभ्गग्य भने प्राप्त गरें । उनी अद्भूत भक्त र अत्यन्त सरल सन्त थिए, सङ्गीत सिकाउँदा कुनै शुल्क लिंदैनथे । उनी सरल, प्रेमी र शान्त थिए, हरहमेशा तानपुरा बजाएर राधाकृष्णलाई सङ्गीत सुनाउंथे ।

म उहाँका केही सौभाग्यशाली व्यक्ति थिएँ जसले उहाँले राग मेघ गाउँडा वर्षा भएको राग हिड़ोल गाउँदा आश्चर्यजनक तवरले मीठो हावाचलेको अनुभव गरेको थिएँ । उहाँ दूवै आँखा वन्द गरेर, अत्यन्त एकाग्रताका साथ अत्यन्त कर्णप्रिय स्वरमा मीरा वा सुरदासले लेखेका पदहरू गाउनु हुन्थ्यो । जव गाउनु हुन्थ्यो वरिपरी रहेका बाँदरहरू शान्त हुन्थे, श्रोताहरुका कदम रोकिन्थे र समाधिस्थ भएझैं अचल भएर सङ्गीतको आनन्द प्राप्त गर्थे ।
यी महात्मा संगीतज्ञका विषयमा फेरी लेख्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सडकमा फोहोर छाडेको भन्दै एमालेलाई महानगरले गरायो एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका १९ निर्णय

काठमाडौँ । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’

रास्वपाप्रति ओलीको आक्रोशः आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने ?

काठमाडौँ ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले

विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकता प्रक्रियामा छन्ः प्रचण्ड

  मुग्लिन ।  नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका