नयाँ पुस्ताको सम्मानको लागि म र मेरो पुस्ताका मित्रहरुले पाटीको कार्यकारी नेतृत्वबाट अलग हुनुपर्छ



दिलनाथ गिरी।

नेपालको राजनीतिक गतिविधिमा दलहरूको सत्ता स्वार्थ र भागबण्डाको परिस्थितिले उत्पन्न गरेको अनियमितता भ्रष्टचार, अनुशासनहीनता र अनैतिकताको पराकास्टा हो । यसको कारणबाट दल र दलीय व्यवस्थाको मात्र हैन प्रजातान्त्रिक प्रणाली नै दुषित र कुरूप बन्न थालेको वर्तमान अवस्थाले सबै नेपालीलाई चिन्तित बनाएको छ ।

यद्यपि नेपालको संविधान २०७२ अनुसार तीनै तहको निर्वाचनको प्रथम कार्यकाल पुरा भइसकेको छैन । तर एकातिर करिव पाँच खरब अनियमितता भएको कुरा महालेखा परीक्षकले महामहिम राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

अर्कातिर कोरोना महामारीको उचित व्यवस्थापनको अभावको कारणबाट मुलुक आक्रान्त छ । महंगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । शान्ति सुरक्षा कमजोर बन्दै छ, पर्यटन, उद्योग, व्यापार व्यवसाय नराम्ररी प्रभावित भएको छ भने दैनिक मजदूरी गरी परिवार धान्दै आएका मजदुरहरू बेरोजगार भएका छन् । वैदेशिक रोजगारमा संकट आएको छ ।

शिक्षा स्वास्थ्य क्षेत्रलाई गम्भीर असर पुर्याएको छ । मुलुकको यस्तो विकराल तस्वीर देखिन्छ । यसको निदानको निमित्त राष्ट्रियस्तरका दलहरू आपसमा मिलेर समस्या समाधानमा जुट्नु पर्ने वर्तमान अवस्थामा दलहरू सत्ता स्वार्थको निमित्त विभाजित भएका छन् । सरकार बदलिएको छ । पाँच दलको अप्राकृतिक गठबन्धनको सरकार निर्माण भएको करिव डेढ महिना बितिसक्दा पनि भागवण्डा मिल्न नसकेको कारणबाट सरकारले पूर्णता पाउन सकेको छैन । यो मुलुककै लागि दुर्भाग्य र चिन्ताको विषय हो ।

जब जब दल र सरकार कमजोर हुन्छ, स्वार्थी हुन्छ, आफ्नो दायित्व र जिम्मेवरीबाट विमुख हुन्छ । तब तब वाह्य शक्तिको चलखेल र गतिविधिहरू अप्रत्याशित बढ्न थाल्छ । हाल नेपालको वर्तमान अवस्था वाह्य शक्तिको लागि उर्बर भूमि हुन सक्ने आंकलन गर्न थालिएको छ । केही समय पछि सरकारले पूर्णता पाए पश्चात नेपाल र नेपाली जनताको भावना विपरीत, नेपालको अस्तित्वलाई नै समाप्त पार्ने विदेशीहरूको योजनावद्ध रणनीतिमा धेरै दलहरूको सहमतिमा राष्ट्रवादी आवरणबाट राष्ट्रघाति एमसिसी परियोजना पारीत गराउने योजनावद्ध तयारी भएको विज्ञहरूको बुझाई रहेको बुझिन्छ । नेपाल र नेपाली जनताको भावनामा चोट पुर्याउने, राष्ट्र विखण्डन गर्ने आपत्तिजनक एमसिसी परियोजनाको प्रस्तावबाट पछि हट्न सकुन् । यससँग सम्वद्ध नेताहरूलाई श्री पशुपतिनाथले सद्वुद्धि दिउन् हाम्रो कामना छ ।

मुलुकलाई परिवर्तनको रूपान्तरण र समृद्ध राष्ट्र निर्माण गर्न लामो समयदेखि पाका नेताहरूको नेतृत्वमा दल वा सरकार क्रियाशील रहेको छ । तर यस समय अवधिमा जनअपेक्षा अनुसार सकारात्मक परिवर्तन हुन सकेन । गलत संस्कार सँस्कृतिको बिकास भयो । सत्ता स्वार्थको निमित्त दलहरू टुटफुट र सांसद खरीद बिक्री जस्ता कुसँस्कारलाई भित्र्याउने काम भयो । हत्या हिंसा र बलात्कार जस्ता जनविरोधी कार्यले संरक्षण प्राप्त गर्यो । यसैको परिणाम स्वरूप अलोकप्रिय भएका नेताहरूलाई व्दिेशीहरूको साथ सहयोग संरक्षण प्राप्त भयो र मुलुक हाल गम्भीर संकटको भासमा फस्ने खतराको त्रासमा देखिन्छ ।

तसर्थ अब सबै पाका नेताहरू अर्थात् कार्यकारी हैसियतको नेतृत्वमा रहेका ६५ बर्षभन्दा माथिका वृद्ध नेताहरूले विश्राम लिई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तर गर्नु देश र जनताको हितमा हुनेछ । नयाँ पुस्ताको सम्मानको लागि म र मेरो पुस्ताका मित्रहरूलाई समेत पाटीको कार्यकारी नेतृत्वबाट अलग हुन ऐक्यवद्धताको लागि आग्रह गर्दछु ।

पूर्वमन्त्री गिरी राप्रपाका नेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र