यदि देश जोगाउने हो भने मार्ग परिवर्तन गरौं



डा. युवराज संग्रौला ।

राजनीतिको गन्जगोलले नेपालले आर्थिक समृद्धिका महत्वपूर्ण दशकहरु गुमायो। पछिल्लो चारवर्ष राष्ट्रलाई बाटो देखाउने समयमा रुपान्तरण हुन सकेन। कहाँ भयो गल्ती ?

१. नेपालको भाग्य बदल्ने त शिक्षा थियो । यसको दक्षता निर्माण गर्न सकिन्थ्यो । तर सरकारले त्यस्ता व्यक्तिहरुलाई नेतृत्वदियो जसले बनाउने होइन बिगार्ने काम मात्र गरे । आज विद्यार्थी डिप्रेसनको अवस्थामा छन् कसरी भोलिको जिम्मेवारी बोक्छन् ?

२. खाद्यान्न आयात तीन खर्ब पुग्यो । भारत जाने विप्रेशन ५ खर्ब । नेपालमा आउने विप्रेशन १० खर्ब । ३७ खर्बको बजेट, ६ खर्बको बेरुजु । स्थानीय तह र प्रदेशले मात्र १५ अर्ब जतिका सवारी साधन किनेछन् । देश गरीब छ सरकारी कार्यालयमा प्राडो र स्कार्पियो गाडीको ताँती छ । देश त कसैको भएन । पार्टी बोक्ने छन्, धर्म बोक्ने छन्, जात र साम्प्रदायिकता बोक्ने छन्, विदेशी बोक्ने छन् तर देश बोक्ने छैनन् ।

३. जमिन बाँझा छन् । उत्पादन छैन । मानिसका विदेशबाट लास आउँछन् । युवा सबै विदेश जान्छन् । बुढा नेताहरूलाई युवाले प्रतिस्थापन गर्लान् र देश बन्ला भन्ने थियो आशा, काङ्ग्रेस, कम्युनिस्ट र वैकल्पिक सबैतिर युवा नेता कमेडिएन पो रहेछन् ।

४. देशमा इतिहास, नैतिकता, विचार र प्रतिभा चै सकिएछ ।
यदि देश जोगाउने हो भने मार्ग परिवर्तन गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र