मनलाई फोहरी र अपवित्र बनाउने तत्त्वहरू



हरिप्रसाद रिमाल ।

१. हामी बाहिरी ज्ञानेन्द्रिय, कमेन्द्रिय लगायतका अङ्गहरूलाई स्याम्पू, साबुन, लगायतको प्रयोग गरी सफा गर्छौ, नुहाउँछौँ, सुनपानी र पञ्चगव्य छर्किएर पनि पवित्र बनाउँछौ । यसरी नै भित्री अङ्गहरू मस्तिष्क, मुटु, कलेजो, फोक्सो, मिर्गौला, सानो—ठूलो आन्द्रा, लगायतलाई पनि ठीक राख्ने प्रयास गर्छौं, तिनमा कुनै समस्या पैदा भएमा रक्त आदि विभिन्न प्रकारका परीक्षण गरी उपचार गर्छौं र ठीक दुरुस्त राख्ने प्रयत्न गछौँ । तर अत्यन्त सतर्कताका साथ सुरक्षित राख्नुपर्ने मानसिक अवस्थाको प्रमुख नायक मनका बारेमा भने त्यति ध्यान दिदैँनौँ । वास्तवमा मानसिक अवस्था मात्र होइन कि सम्पूर्ण शारीरिक अवस्था ठीक राख्न समेत मनको अहं भूमिका हुन्छ ।

२. मानवदेहमा मन नै यस्तो छ जुन हरबखत ठीक हुनुपर्छ । त्यो नियन्त्रित, व्यवस्थित, सफा र पवित्र भएन भने त्यसले विभिन्न प्रकारका समस्याहरू पैदा
गर्छ । अझ मन ठीक नहुँदा सामान्य देखि लिएर गम्भीर प्रकृतिका मानसिक रोग समेत पैदा हुन्छन् । मनोविकार हुर्कँदे गयो भने त्यसले उग्र खिन्नता र विषादमा
(Depression)पुर्याएर जीवनकै अन्त्य समेत गराउन सक्छ । यसरी मन कुमार्गमा लाग्यो भने त्यसले घोर अन्धकारमा डुबाउँछ, नरकमा फसाउँछ । त्यसैले त मनलाई बन्धन र मोक्षको समेत कारण मानिएको छ । (‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।’) यो यति चञ्चल छ कि यसलाई नियन्त्रण गर्नु आँधीबेहरीलाई नियन्त्रण गर्नुजस्तै कठिन हुन्छ ।

३.शरीरलाई विभिन्न प्रकारका रोग र फोहर, मैला आदिले दुषित बनाउँछन् भने मनलाई दुषित बनाउने तत्त्वहरू त अझ धेरै छन् र ज्यादै खतरनाक छन् ।
(१) मनलाई शब्द, रूप, रस, गन्ध, स्पर्श लगायतका कामनाले दुषित बनाउँछन् ऊ भोगमा लिप्त हुन पुग्छ र त्यसैमा भुलेर कर्तव्यच्यूत हुन पुग्छ ।
(२) अरुको नोक्सान गर्ने क्रोध मनमा पैदा भयो र त्यसलाई मनले नियन्त्रण गर्न सकेन भने त्यस बखत विभिन्न प्रकारका अनर्थ र अनिष्टहरू पैदा हुन्छन् । निरीह प्राणी क्रोधको शिकार हुन पुग्छ, विवेकको घाँटी निमोठिन्छ ।
(३)मनलाई दुषित बनाउने तत्त्वहरूमध्येको लोभले अरुको धनमाल, सामर्थ्य देखाएर लोभ्याउँछ मनलाई । यसरी पापको भयानक कारणमध्येको लोभले पनि मनलाई अपवित्र बनाउँछ ।
(४)ईश्वरीय सत्ता, धर्म र नैतिकताको सुमार्ग चटक्कै बिर्सिएर सांसारिक वस्तुमा नै मोह—ममता गर्न थाल्छ मन र त्यसबाट पनि अकल्याणका पहाडहरू खडा हुन्छन् ।

(५) मदले मात्तिएको मत्ता हात्तीजस्तो हुनु वा ‘मजस्तो ठूलो, जान्ने र शक्तिमान् अरु कोही छैन भन्ने घमण्डले चुर भएर उल्टासुल्टा कर्महरू गर्नु मद हो । त्यसले पनि मनलाई बिटुल्याउँछ र पथभ्रष्ट गराउँछ ।

(६)अरुको डाह वा ईष्र्या गर्नु मात्सर्य हो र त्यसले पनि मनलाई दुषित र अपवित्र बनाउँछ ।
यसप्रकार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य मनलाई फोहरी र अपवित्र बनाउने कुतत्त्वहरू हुन् । निश्चय नै गृहस्थीमा बसेपछि मनलाई बिगार्ने नै भएपनि यी कुरा लोकव्यवहारमा केही न केही त आउँछन् नै । तर यिनकै पछि लागेर जतासुकै लगाम बिनाको घोडा झै बुर्कुसी मार्न थाल्यो भने मनले व्यक्ति स्वयंको जीवनमा, परिवारमा र समाजमा पनि धेरै विपत्तिहरू ल्याउँन सक्छ र कल्पना नै नगरिएको दुर्घटना घटित हुन पुग्छ । त्यस कारण मनलाई नियन्त्रित, अनुशासित र व्यवस्थित गर्नुपर्छ । त्यसो भए त्यो कसरी गर्ने त ? यसबारेमा अर्को भेटमा चर्चा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन