उहाँ जसको काँधमा बसेर प्रधानमन्त्री बन्नुहुन्छ, उसको हितमा मात्र काम गर्नु पर्ने विवशता आइपरेको देखिन्छ



शारदाप्रसाद त्रिताल ।

भाग्य पनि अचम्मको हुँदो रहेछ !
वर्तमान प्रधानमन्त्रीलाई एक ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने भाग्य भएको व्यक्तिको रुपमा प्रस्तुत गरेका छन् । अहिले उहाँ ५ औं पटक प्रधानमन्त्री हुनुभएको छ ।

देशको यस्तै अवस्था रहिरहे ज्योतिषीले भने अनुसार ७ पटक प्रधानमन्त्री बन्न सक्ने पनि देखिंदैछ । तर भाग्य र कर्म बीच सामञ्जस्य देखिंदैन । निष्ठुरी भाग्यले उहाँलाई राम्रो कर्म गर्न किन दिइरहेको छैन !

उहाँलाई ५ चौं पटक प्रधानमन्त्री भइसक्ता पनि नेपाली नागरिकले प्रशंसा गर्ने एउटै पनि काम गर्न भाग्यले किन दिइरहेको छैन !
उहाँ जति पटक प्रधानमन्त्री बन्नु हुन्छ, त्यति नै देश, नागरिक र लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गर्न वाध्य बन्नुहुन्छ । भाग्यले उहाँलाई किन विकृति प्रबर्धनको नायक बनाइरहेको छ !

उहाँलाई हरेक पटक अर्काको काँधमा चढेर प्रधानमन्त्री बन्नु परेकोछ । उहाँ जसको काँधमा बसेर प्रधानमन्त्री बन्नुहुन्छ, उसको हितमा मात्र काम गर्नु पर्ने विवसता आइपरेको देखिन्छ । काँधमा चडाउनेले उहाँलाई असफल मात्र बनाएको उदाहरण छ ।
जुन दलको प्रतिनिधित्व गरेर प्रधानमन्त्री बन्ने गर्नु भएको छ, प्रत्येक पटक सो दललाई धाराशायी बनाउने भूमिका खेल्न उहाँ विवस हुनु परेको छ ।

अहिले पनि उहाँलाई भाग्यले यही बाटोमा डोर्याउन थालेको देखिंदैछ । ज्योतिषीले यी विषयमा पनि स्पस्ट गरिदिए हुने थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पकासाथ अघि बढेका छौंः प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो

सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ । शनिवार स्वास्थ्य तथा

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा

करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

गुल्मी। “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”,