तीज आउँदै गर्दा..
डा. गोविन्दशरण उपाध्याय ।
मुस्लिम धर्मका संस्थापक मोहम्मद साहवले आफ्नो जीवनकालमा १२ वटा विवाह गरेका थिए भने उनकी कान्छी श्रीमती ८ वर्षकी आयसा थिइन भने उनले आयसासँग ५४ वर्षको उमेरमा विवाह गरेका थिए ।
आज विश्वका १३ वटा देशमा मोहम्मद र कुरानको अलिकति पनि आलोचना गरे “मृत्युदण्डको“ दिइन्छ । विश्वका ८२% आतंकवादी घटनाहरूमा मुस्लिम धर्म मान्ने, १२% धार्मिक हत्याका घटनामा इसाई र केवल ६% घटनामा “अन्य धर्मका वा नास्तिक“हरूको संलग्नता हुन्छ । महिलाहरूको लागि “मुल्लाहरूको इस्लाम“ नर्क वरावर छ । बालविवाह होस् अथवा महिला बेचबिखन र शिक्षाबाट महिलालाई बंचित गर्नेहरूमा “मुस्लिम“ सबै भन्दा अगाडी छन् ।
विश्वका सबैभन्दा पशुहरूको बध गर्ने धर्म पनि “मुस्लिम“नै हो । प्रसिद्ध वकरीदका दिन विश्वभरि २२ करोड पशु–पक्षीको घाँटी रेटेर हत्या गरिन्छ । प्रगतिशील पशुअधिकारवादीहरूको मुखबाट चुइक्क आवाज निस्केको सुनिन्न । तर हिन्दूहरूको विपक्षमा उभिन भने मुस्लिम, इसाई, पूँजीवादी र साम्यवादीहरू एकठाउँमा उभिएको देखिन्छ । अचम्मको कुरा के छ भने यी सबै कट्टरपन्थीहरूले “प्रगतिशीलता“को मुखौटी लगाएका हुन्छन् ।
मुसलमानका धर्मगुरू र कुरानको आलोचना गर्नेको घांटी रेट्न “मुस्लिम प्रगतिशीलहरू“ विश्वभरी तम्तयार छन् । इसाईहरूका कुप्रथाहरूको आलोचना गरे भेटिकनले “सरकार प्रमुख“को नाताले देशका सरकारहरूसंग संवाद गर्छ । सक्नेलाई आफै “ठीक“ पार्छ , नसके मानवतावादको मुखौटो भएका अमेरिका वा युरोपेलीहरूको सहयोगले सत्तानै परिवर्तन गरिदिन्छ । हिन्दूसँग न राज्य छ, न धार्मिक कट्टरता छ, न विदेशी राष्ट्रहरूको सहयोग ! उसंग केवल गालीगलौज खाएर “प्रगतिशील“हरूको करियर बनाइदिने विकल्प छ ।
किनभने तथाकथित “प्रगतिशील“हरूलाई राम्ररी थाहा छ “जतिनै सुकै गालीगलौज“ गरे पनि हिन्दूहरू वन्दुक उठाउनेवाल छैनन् । हदैसम्म गरे फेसबुकमा विरोध जनाउने छन् । अतिधेरै भए एकाध घण्टा रत्नपार्कमा गएर विरोध गर्ने छन् । भोलिपल्ट सबैथोक सर्लक्क विर्सेर “क्षमा“ गरिदिने छन् । यसैबीच प्रगतिशीलहरूले पुनः हिन्दूहरूकै आलोचना गरेर “हिरोहिरोइन“ बन्ने छन् । कुरा तीजको मात्रै होइन हिन्दूहरूका हरेक चाडवाड तथा रितिरिवाजहरूको आलोचना गरेकै भरमा आफ्नो “व्यक्तित्व विकास“ गर्नेहरू थुप्रै छन् ।
आजको मितिमा म सामाजिक संजालहरूलाई धन्यवाद दिनुपर्छ कि हिन्दूहरूलाई गालीगलौज गरेर आफ्नो करियर बनाउँनेहरूको “नक्कली प्रगतिशीलता“लाई गाउँगाउँका सर्वसाधारणसम्म पुर्याउन मदत गरेको छन् । हातहातमा मोबाइल र फेसबुक भएका जन्मजात हिन्दूहरूले पनि “मुस्लिम समुदायका खरावीहरूका विषयमा चुइक्क नबोल्ने, नलेख्ने, देखेर पनि नदेखेझैं गर्ने, इसाईहरूका चर्चलाई “मानवाधिकार“ ठान्ने, चर्चहरूले महिलाउपर लगाएका प्रतिवन्ध वारे सधै मौन रहने तथाकथित “प्रगतिशील“हरूको विभेदकारी न्यारेतिभ राम्ररी बुझ्न र प्रतिक्रिया दिन थालेका छन् ।
म त यी “प्रगतिवादी“हरूलाई धन्यवाद दिन चाहन्छु जसले आफ्नो विभेदकारी हिन्दू–विरोधी चिन्तनलाई घरघरमा पुर्याएर “असली“ तत्थ्य बुझ्न सर्वसाधारणलाई अभिप्रेरित गरिरहेका छन् । यी प्रगतिशीलहरूको लेखनमा, बोलाइमा, गराईमा मुस्लिम–इसाई कट्टरपन्थी“ प्रतिको अदभूत प्रेम बुझ्दै गर्दा नेपाली वैदिक समाज पनि विगत १५ वर्ष अगाडी भन्दा केही “असहिष्णु“ हुँदैछ । ठीकै पनि हो – सबैखाले सहिष्णुताको ठेक्का वैदिक हिन्दूहरूले लिनुपर्छ भन्ने पनि छैन ।
हिन्दू, बौद्ध र जैनहरूमा आएको यो जागरुकताको सबैभन्दा बढी पीर “प्रगतिशीलहरू“लाई पर्छ । उनीहरूको यो मानसिक कष्ट आज पनि नेपालको संसदमा पोखिएको छ । माओवादीहरूले काटेका ठुप्पीहरू, हत्या गरेका पण्डितहरू, कट्टरपन्थीले भत्काएका मठमन्दिरहरू, शिक्षामा प्रवेश गरेर कमजोर बनाएका “हिन्दूत्व“का प्रतिमानहरू पुनः स्थापित हुँदैछन् । हिजोका कट्टर “जनसेना“हरू वाक्कदिक्क भएर “हिन्दूत्व“मा फर्केका छन् ।
मुस्लिम होस् वा इसाई नेपाली नागरिक नै हुन् । यी दूवै समुदाय नेपालका रैथाने होइन । इनको मूल विदेशमा छ । विदेशीले विदेशीको पक्ष लिन्छ भन्ने तत्थ्य नेपालमा प्रमाणित भएको छ । साम्यवाद, पूँजीवाद र समाजवाद यी तिनैको उत्पति विदेशमा भएको हो । त्यसैले होला, नेपालका तथाकथित राजनैतिक दल र तिनका नेताहरू सधैं यी कट्टरपन्थी समुदायका पक्षमा हुन्छन् । हालै गोरखामा एकजना १३ वर्षीय मुस्लिम बालिकाले बच्चा जन्माएकी छन् तर उनी मुस्लिम भएको हुँदा विदेशबाट आयात गरिएको राजनैतिक आस्थामा बाँधिएका नेताहरू चूप छन्, मानवाधिकारवादीहरू चूप छन् । यदि यही घटना एउटा हिन्दूको घरमा भएको भए यी प्रगतिवादीहरू एकठाउँमा उभिएर हिन्दू–धर्म र संस्कृतिको दोहोलो काड्थे । चोरचोर मोसेरा दाजुभाइ भनेको यही हो । अव हिन्दू जनताहरूले यो जालझेल बुझ्न थालेका छन् ।
साथै पशुपति, जनकपुर, बूढासुब्बाको आम्दानीको माग्ने “प्रगतिशील“हरूले किन च्याउझैं फैलिएका चर्च र मस्जिदहरूको हिसाव माग्दैनन् भन्ने कुरा सर्वसाधारणले समेत बुझ्ने अवसर पाएका छन् । विदेशीभक्तहरूले यो तत्थ्य चाल पाइसकेका छन् । त्यसैले आजभोली हिन्दूहरूलाई झुक्याउँन धार्मिकताको नाटक मंचन गर्न थालेका छन् । धन्यवाद छ सोसल मिडिया र धर्मनिरपेक्षतालाई जसले जनसाधारणसम्म नेतृत्वको यो जालझेललाई नाङ्गो बनाएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रचण्ड, ओली, झलनाथ खनाल, शेरवहादुर देउवा, माधव नेपालीजस्ता देशले चिनेका र अन्य गृहमन्त्री भैसकेका व्यक्तिहरूले नेपाली चाडवाडका अवसरमा प्रकट गरेका ट्वीट, शुभकामनाआदि र विदेशी चाडवाडमा प्रकट गरेका उद्गारहरू अध्यायन गरे, यी सबैले हिन्दूहरूलाई “लज्जावोध“ गराउंदा बडो गर्व गर्ने गरेको र मिडियाहरूले पनि ती विषयहरूको उठान निकै आक्रामक तवरले गर्ने गरेको अनुसन्धान गर्दा थाहा हुन्छ । हिन्दू संस्कृतिलाई अपमान गर्ने काम उनीहरूका लागि “चर्चित“ बन्ने अवसर बनेको छ । मलाई खुसी लाग्छ, आज हिन्दूहरूले अलिअलि भए पनि “असहिष्णु“ बन्न आरम्भ गरेका छन् र कमसेकम फेसबुकमा भए पनि प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । समुदाय सानो छ तर अलिअलि ब्युझंदै छ । यो कुरा नेताहरूले बुझ्न थालेका छन् ।
नेपाली प्रगतिशीलहरू ७० वर्षका शिवशर्मा र ९ वर्षकी गोमाको त खुवै चर्चा गर्छन् तर खै ८ वर्षकि आयसाको चर्चा नगरेको किन होला ?