देउवाको ‘क्वालिटी’का कारण कांग्रेस सत्तामा पुगेको होइन, ओलीको निरङ्कुशताका कारण हो



नारायण गाउँले ।

नेकपाको नाटक र नौटङ्कीको क्लाइमेक्स नहुन्जेल नेपाली कांग्रेससँग कुनै काम या मुद्दा थिएन । केन्द्रदेखि सातवटै प्रदेशसम्म पार्टी पराजित थियो र कतै त प्रमुख प्रतिपक्षीसम्मको हैसियत पनि थिएन ।

आफ्नो नेतृत्वमा भएको चुनाबमा पार्टीको त्यो पराजयको नैतिक जिम्मेबारी लिँदै देउवाले राजीनामा देलान् भन्ने थियो, दिएनन् । जुनसुकै पार्टी भए पनि त्यो अवस्थामा आन्तरिक सुधार र सबलीकरणमा ध्यान दिनु सामान्य हुन्थ्यो तर कांग्रेस र देउबाले त्यो पनि गरेनन् । समयमा महाधिवेशन गरेर नेतृत्व विधिवत् हस्तान्तरण गर्लान् कि भन्ने पनि सत्य साबित भएन ।

कार्यकालभरि पार्टीका पदाधिकारीलाई सामान्य जिम्मेवारी बाँडफाँटसम्म गर्न जरूरी ठानिएन । न संसदमा उभिएर देउवाले गरेको कुनै भाषण सम्झन लायक रह्यो । समयमा महाधिवेशन गर्न कांग्रेसलाई कुनै बाधा थिएन । अरू काम पनि थिएन । तर अनेक षड्यन्त्र र बहानामा आफै मिति थप्दै आफ्नो कार्यकाल लम्ब्याउँदै जाने काम भयो । यतिसम्म कि भ्रातृ सङ्गठनहरूको अधिवेशन गर्न पनि देउबाले सकेनन् या चाहेनन् । अलि पछि कोरोनाको बहाना सुरु भयो ।

कांग्रेस महाधिवेशनको मिति तोकिएपछि अमेरिकामा राष्ट्रपतिको निर्वाचन भयो, भारतमा राष्ट्रिय चुनाब भयो । हजारौं दर्शकसहितको युरोकप सम्पन्न भयो । विश्वका प्रायः जसो सबै देश संलग्न ओलम्पिक सम्पन्न हुँदै छ तर पटक पटक सारिएको मितिमा समेत नेपाली कांग्रेसको महाधिवेशनचाहिँ हुने छाँट देखिन्न । अब अध्यादेश मापÞर्mत संविधान नै संशोधन गरेर आफ्नो आयु लम्ब्याउने चक्करमा देखिन्छन् देउवा । उनले पार्टीका नियुक्तिहरू पनि कार्यकाल सकिएपछि स्वेच्छाचारी ढङ्गले गरेको देखिन्छ ।

देउवाको क्वालिटीका कारण कांग्रेस सत्तामा पुगेको होइन । ओलीको निरङ्कुश र अविवेकी कदमहरूले उनका सहयात्रीमा आएको विग्रहले पुर्याएको हो । पहिलोपल्ट ओलीले संसद विघटन गर्दा नै मौन समर्थन गरेका देउबाले पुनर्स्थापित संसदमा अर्को कुनै नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने थियो । तर त्यत्तिको नैतिकता उनमा हुने कुरो भएन ।

लोकतन्त्रको चर्को कुरो गर्नु र त्यसलाई व्यवहारमा उतार्नु फरक कुरा हो । कांग्रेस पार्टी र देउबा दुबै लोकतान्त्रि छैनन् यतिबेला । एउटा पार्टीको अधिवेशन गर्न त परको कुरो, भ्रातृसङ्गठनको अधिवेशनसम्म गर्न नसक्ने देउबाले चारतिर मुख पÞmर्केको गठबन्धनलाई सम्हाल्दै राष्ट्रिय मुद्दा र विकासमा ध्यान देलान् भनेर विश्वास गर्ने कुनै आधार छैन ! आफ्नै पार्टीमा देउबाको मनपरितन्त्र र निरङ्कुशताबारे बोल्न नसक्ने या समर्थन गर्नेहरूले ओलीको निरङ्कुशताबारे चाहिँ चर्कै बोलेको देखिन्छ ! खासमा कांग्रेसका कार्यकर्ता पनि लोकतान्त्रित छैनन् !
देशको राजनैतिक मुद्दा भनेको एउटैले धेरै खाने कि अलि धेरै मिलेर खाने भन्ने मात्रै हो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)