धनी र ठूलाबडाहरुलाई मात्र हो त यो देश कि सबैलाई हो ?



क्याप्टेन विजय लामा ।

१७ जुलाईमा १२ वटा शव
२१ जुलाईमा एउटा शव
२४ जुलाईमा २४ वटा शव र तीन वटा अस्तु ।
एक हप्ता भित्र मलेसियाबाट ३७ वटा शव, तीनवटा अस्तु र अझै अर्को १८ वटा ल्याउनुनै छ बाँकी!!!
मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौं ल्याउनलाई । देशको स्थिति नै यस्तै छ ! धनी र ठूला बडाहरुलाई मात्र हो त यो देश कि सबैलाई हो ?

मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसँगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६ मा, रोजगारीको क्रममा कोभिड १९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौं हामीले । अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाँकी छ रे !!!

विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउँदा जस्तो दुःख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न ।
तथ्यांकमा मात्र सीमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ !
अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न ??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि !!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथि उठ्न सकिन्न र ??
हार्दिक श्रद्धाञ्जली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल