अब नयाँ इतिहासको कल्पना गर्न मात्र बाँकी रह्यो



डा. युवराज संग्रौला ।

थुप्रै राम्रा फिल्महरु छन्, जसले दर्शनका बारेमा लेखिएका बिचारहरुलाई पस्केका छन् । स्टोनियाली दार्शनिकको एउटा बिचारोत्तेजक प्रस्तुती बाहुत मार्मिक छ । उनले केही त्यस्ता फिल्मले सत्यलाइ कति धेरै सटिक ढंगले ल्याएका छन् भनी देखाएका छन् ।

१. बेलायतमा बनेको एउटा फिल्म छ जसमा दुईजना साथीको कथा छ । एक जनालाई सत्य चिन्ने उपाय खोज्न मन लाग्छ । ऊ जताततै सत्य खोज्दै हिँड्छ । एकदिन एउटा घरमा चोर्न पस्छ, तर केही छैन । एउटा थोत्रा कार्टुनमा केही काला चस्मा भेट्छ ।

२. केही नपाएको झोंकमा ऊ त्यही कालो चस्मा लगाएर बाटोमा आउँछ । होर्डिङबोर्डमा एउटा महिलाको उत्तेजक तस्बिर देख्छ । चस्मा फुकालेर फेरि हेर्छ, त्यहाँ लेखिएको हुन्छ । आउनुहोस् र रमाइलो गर्नुहोस्, रक्सीको बोतल पनि छ । “खोही त अघिको तस्बिर“? फेरि चस्मा लगाएर हेर्छ। अघिको तस्बिर । फेरि खोल्छ, विज्ञापन । फेरि चस्मा, फेरि तस्बिर। चस्मा सत्य देख्ने यन्त्र पो रहेछ।

३. मैले चस्मा त भेटेको छैन, तर आँखा नै चस्मा भएकी क्याहो, हिजो मैले देखेको त फरक छ। जता जसलाई हेर्छु राजनीतिमा बिचित्रको मान्छे पो देख्छु । कस्तरी रातारात सबै फेरिएको हो! अस्ति मैले माया गरेको मानिस आज अक्टोपस जस्तो जता पनि त्यान्द्रा झुण्डिएको । अस्ति पूर्व गइरहेको, आज त पश्चिममा छ । अस्ति मलाई त्यो मान्छे त चोर होनी भनेर सिकाउने आज उसकै पूजाआजामा ब्यस्त छ । अस्ति आफूलाई कम्युनिस्ट भन्थ्यो आज जमिन्दार भएछ । अस्ति जो जहाँ थियो त्यो आज अन्तै छ । अस्ति भैंसी थियो आज गाई भएछ । अस्ति हरामी थियो आज साधु भएछ । अस्ति बेद पढ्थ्यो अहिले बाइबल पढ्दोरहेछ ।

४. अलि गएर हेर्दा चिहान बाट मानिस पनि बांचेछ। पुजारीहरु बांचेकालाइ सगुन छर्दा रहेछ। तर डढेलो लागेको जंगल चै जलेको जलेकै रहेछ ।

५. अझ पर चिनियाँ यात्री सुयन जांङ्ग उभिएर गाली गर्दै रहेछन्, “याहाँका मान्छे सबै असत्ती हुन्छ।“ अर्कोले भन्यो कुन चै नौलो कुरा हो र ।

६. सुखानीमा मारिएका, इलाममा मारिएका, छिन्ताङमा मारिएका जति निहाउँरो मुख लगाएर उभिएर कम्रेड के हुँदैछ यहाँ भनेर सोध्दारछन् । तर कोही जवाफ दिदैन । विचरा के गरून् ।’ कम्रेड भन्ने नै अब कोही छैन । कसलई सोधेको के जान्नु र ?’
त्यसैले कहिले काहीँ इतिहास बिर्सनु राम्रो हुन्छ । अब नयाँ इतिहासको कल्पना गर्न मात्र बाँकी रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को