अध्यक्ष पदको जिम्मेवारीमा बसेको व्यक्तिले जतिखेर जे पनि बोल्न पाइने हो ?



गणेश प्रसाद दुलाल।

अध्यक्ष कमल थापाले राजा फर्काउने आन्दोलनको नेतृत्वको गर्न पुष्पकमल दाहाललाई सार्वजनिक आह्वान गर्नुभयो । राप्रपाले कहिले, कहाँ, कुन निकायमा यस्तो निर्णय गरेको छ ? होइन भने अध्यक्ष पदको जिम्मेवारीमा बसेको व्यक्तिले जतिखेर जे पनि बोल्न पाइने हो ?

राप्रपाको अन्तरिम विधान २०७७ को दफा ३१ (क) मा अध्यक्षको काम, कर्तव्य र अधिकार सम्बन्धमा निम्न व्यवस्था छ— ‘पार्टीको आदर्श, सिद्धान्त र मर्यादा उच्च राख्ने र राख्न लगाउने, पार्टीलाई सवल र सक्षम संगठनका रुपमा संचालन गर्न प्रभावकारी नेतृत्व प्रदान गर्ने ।’
१७ हजार नेपाली मर्न मार्न लगाउने, भारतीय एसेट, एमसीसीका उग्र पक्षधर प्रचण्डलाई अध्यक्ष थापाले राजा फकाउर्ने जिम्मा हस्तान्तरण गर्नु भनेको के हो ?

यस अर्थमा, पार्टी विधानले परिकल्पना गरेबमोजिम पार्टीको आदर्श, सिद्धान्त र मर्यादा उच्च राख्नबाट अध्यक्ष चुक्नु भएको छ । राप्रपालाई सवल र सक्षम संगठनका रुपमा संचालन गर्न प्रभावकारी नेतृत्व प्रदान गर्ने वैधानिक दायित्वबाट पन्छिनु भएको छ ।

पार्टीको अर्थात् राजसंस्था पूनःस्थापनाको लक्ष्य प्राप्त गर्न लाखौं कार्यकर्ताले तन, मन, धन खर्चिएका छन् । जीवन, यौवन, अवसर दाउमा लगाएका छन् । पार्टीका सहयोद्धाहरुले पार्टीको आदर्श, सिद्धान्त र मर्यादाका लागि जीवन उत्सर्ग गरेका छन्, शहादत प्राप्त गरेका छन् ।
त्यसैले नेपाल र नेपाली अक्षुण्ण राख्न राजसंस्था अपरिहार्य छ भन्ने विश्वास, पार्टीको लक्ष्य हस्यौली होइन, हम जायगाको जोक होइन । आम नेपालीको विश्वासको धरोहर, कसैको रहर र लहड होइन ।

विधानको धारा ३१ (ग) बमोजिम पार्टीमा अनुशासन कायम राख्ने जिम्मेवारी प्राप्त पार्टी अध्यक्ष स्वयम अनुशासन, दायित्वबोध, विधि अर्थात् प्रजातन्त्रको, अन्यथा होइन, संरक्षक र पालक हुनु पर्ने हो । तर कतै काँध गलेको भए, राप्रपा महाधिवेशन उन्मुख छँदैछ, दोस्रो पुस्ता, पुस्तान्तरणको बहस चलेकै छ ।
गणेश प्रसाद दुलाल
राप्रपा (संयुक्त) प्रदेश न १
सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो

मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने