‘सरस्वती प्रधानलाई पक्राउ गरी प्रहरीले कानुनको दुरुपयोग गर्यो’



राजेन्द्र थापा ।
(१) रुपा सुनारले सरस्वती प्रधानविरुद्धको मुद्दा अदालतले मात्रै हेर्न सक्ने र सरस्वती भागी जाने आधार नभएकोले पक्रेर हिरासतमा राख्ने कानुनको दुरुपयोग गरेको छ प्रहरीले । पुर्जी काटेर लिखित बयान लिई अदालत जाने मार्ग अनुसरण नगर्नु राणाकालिन प्रहरीको सोच भयो । अझै आजै डेमोक्रेटिक प्रहरी बन्न सक्छ । नेताबाहेकका आमजनताको पनि मान हुन्छ प्रहरीजी ।

(२) यो विवाद अब तन्किएर सरस्वतीको पीडा काठमाडौंका नेवार समाजको पीडा बन्दै गएको छ भने अर्कातिर कोटा प्रणालीबिरुद्ध को ब्राम्हण युवाहरुको आक्रोस पनि सन्जालमा घिऊ थप्दै छ ।

यो भारत र इयूले बनाइदिएको उँट संविधानलाई स्वयम् भारतले नरुचाएको र ओलीको श्री तीन मनोविज्ञान मिसिइएको यसबेला आमजनहरु कोरोना र लकडाउनले भोका नाङ्गा व्यवसायविहीन रोगग्रस्तका दुर्दशामा छन् भन्ने तथ्य बारुद बन्न सक्छ यो नेतालाई मात्र धनी र मालिक बनाउने व्यवस्थाका लागि एक बारुदको घर बन्न सक्छ ।

(३) शंकराचार्यले हिन्दू दर्शनलाई ब्राम्हण धर्म बनाएपछि सबैभन्दा पीडित प्रताडित महिला र शुद्र वर्णलाई केही आङ फैलाउन रोजगारी र शिक्षामा अझै बढी उदारताको जरुरत छ । तर यसप्रकारका द्वन्द्वात्मक नाटक मन्चनले आपसी सद्भाव बिथोलिने संभावना ज्यादै बढी छ ।
मान्नुस् या नमानेको नाटक गर्नुस्

राजाकै छोरी भएपनि महिला हुनु र मन्त्री भएपनि दलित हुनु त्यसमाथि दलित महिला हुनुको विभेद यो देशका हर जाती समुदाय भेग र वर्गमा अमानवीय रुपले व्याप्त छ छ छ ।

तसर्थ महिला र दलितको समस्यालाई अन्य जातीय या भेगीय समस्यासँग जोडेर लाभ लिने यो चतुर्याईँ पनि समस्याको कारण हो ।
यो मेरो सुरक्षा विज्ञताका आधारको निजी सुरक्षा अनुमान हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को