त्याग गर्ने प्रवृत्तिमाथि ग्रहण लागेको समयमा देखियो हरिश्चचन्द्र भाव



राजेन्द्र गुरुङ ।

त्याग गर्ने प्रवृत्तिमाथि ग्रहण लागेको समयमा हरिश्चचन्द्र भाव देखियो । “मै खाऊ मै लाऊ“ भन्ने मान्यतामा रमाउने संस्कार स्थापित भएको बेला, कुनै पनि मूल्यमा पद छोड्नु हुँदैन भन्ने मानसिकता हावी भएको बेला सहमपत हुन्छ भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्ने अभिव्यक्ति उदाहरणीय, अनुकरणीय र अनुसरणीय हो भन्ने ठान्दछु। इतिहासलाई हेर्ने हो भने त्याग गर्नेको नै उच्च मूल्यांकन भएको पाइन्छ । हालै पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एक अन्तर्वार्तामा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकिन्छ भन्ने अभिव्यक्तिले मुलुकमा मौलाउँदै गएको आफूमात्र ठिक, आफैं हुनुपर्ने भन्ने मानसिकता, दिनु भन्दा लिनुमा प्रसन्न हुने प्रवृत्तिका बिरुद्ध दरो झापड हो भन्ने ठान्दछु । अध्यक्षज्यूको यो अभिव्यक्तिले राप्रपामा तरङ्ग ल्याएको छ ।

पार्टी भित्र फेरि एउटा बहस अनि उत्साह र आसाका सुनौलो किरण आउँछ भन्ने लागेको छ। पार्टीको नेतृत्वले पार्टी र कार्यकर्ताको बृहत्तर हितलाई केन्द्रमा राखेर नेतृत्व र जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरण गर्ने उदारता देखाउने साहस गर्ने असल र सक्षम नेतृत्व रहेसम्म पार्टीको भविष्य सुदृढीकरण हुन्छ भन्ने आशा गर्न सकिन्छ । पुस्तान्तरण गर्दा योग्य बनाइ आशिर्वाद सहित हुनुपर्दछ । दिने र लिनेबीच कटुता होइन करुणा हुनुपर्दछ । आरोप प्रत्यारोप अनि तेजोबध गरेर हैन विश्वासको वातावरण निर्माण हुनुपर्दछ।

युवाको जोस अनि अग्रजको अनुभवलाई समेट्दै आपसी सद्भाव,विश्वास अनि एकताको बलमा नेपाली जनताको मन जित्दै राजासहितको प्रजातन्त्र अनि हिन्दू रास्ट्र स्थापना गर्ने पार्टीको सिद्धान्तलाइ सशक्त बनाउदै बिश्वासका साथ इमान्दारितापूर्वक, उदारहृदय, गतिशील सोच लिएर नेपाली जनताको बिचमा जाने हो भने राप्रपालाई नेपाल र नेपालीको पार्टीको रुपमा स्थापित गराउन सकिन्छ ।जय रास्ट्रवाद ।
लेखकःराप्रपा कार्यसम्पादन समिति सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ