प्रधानमन्त्रीको त्यो टेलिफोन….



डा.गोविन्दशरण उपाध्याय ।
बिहानै प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेता देउवालाई फोन गरेर भन्नुभयो ‘सबै मिलेर राष्ट्रीय सरकार गठन गरौँ । हामी सबैको पहिलो प्राथमिकता कोरोनाको संकटबाट जनतालाई जोगाउनु हो । कोरोनासँग लड्न म प्रधानमन्त्री पद छोड्न तयार छु ।’

ओलीको फोन सुनेर देउवाले भने ‘तपाईंले आफ्नो कार्यकालमा एउटामात्र असल कामको प्रस्ताव राख्नु भयो । प्रधानमन्त्री जो बने पनि विपक्षीको नाताले कोरोना जित्न सहयोग गर्ने छौँ ।’

माधवकुमार नेपालले प्रधानमन्त्रीको कुरा मिडियामा आएपछि भन्नुभयो ‘केपीले गल्ति गरेका छन् तर कोरोनाबाट अहिले लड्न उहाँको कुरामा समर्थन गर्छु । कोरोना सकिएपछि ठेगान लगाउने कुरामा पछि पर्ने छैन ।’

देउवा र ओलीको फोन–सहमति सुनेर उपेन्द्र यादव र महन्थ ठाकुरले भने ‘ओलीसँग धेरै कुरामा हाम्रो असहमति छ । तर कोरोनाको कहरबाट जनताको रक्षा गर्न हामी राष्ट्रिय सरकारमा जानेछौं ।’
यसै बीच चित्रवहादुर केसीले भने ‘त्यसो त हामी संघीयताको विपक्षमा छौँ तर कोरोनाको बेलामा हाम्रा राजनैतिक कार्यक्रताहरू कोरोनासँग लड्न मैदानमा उत्रने छन् । हामी सरकारसँग हुन्छौं ।’

ओलीले प्रचण्डलाई फोनमा भने ‘कमरेड, तपाईंले मेरो विश्वास गर्नु हुन्न, मलाई थाहा छ तर कोभिडको सङ्घर्षमा तपाईंको सहयोग चाहिन्छ । राष्ट्रिय सरकार बनाउँ ।’

प्रचण्डले भने, ‘तपाईंले राष्ट्रिय सरकारको बाचा पुरा गर्नुहुन्छ जस्तो मैले ठान्दिन तर कोरोनासँग लड्न तपाईंकै नेतृत्वमा सरकार बने पनि हामी सघाउने छौँ ।’

अन्य स–साना पार्टीले पनि भने, ‘ओलीले राख्नु भएको प्रस्ताव स्वागतयोग्य छ । हामी कोरोनासँग लड्न उहाँसँग छौँ । कोरोना नियन्त्रणका नाममा विदेशीहरूको भरथेग गर्न र आफ्नै जरोकिलोमा प्रहार गर्न पाइन्न ।’

……………………………….
भोलिपल्टको गोरखापत्र, नेपाल टेलिभिजन, कान्तिपुर, जनता सबैको हेडलाइन यस्तो थियो – ‘नेपालका राजनैतिक शक्तिले विश्व कीर्तिमान कायम गरे, सबै मतभेदहरू थाती राखेर कोरोना विरुद्ध सहकार्य गर्ने ।’

मैले आज विहान यस्तो सम्वाद भएको सपना देखें । यदि यो सपना तपाईंलाई मन पर्छ र आजका राजनैतिक शक्तिहरूले जनताको सपना बुझ्नुपर्छ जस्तो लाग्छ भने सबैतिर फैलाउँ । मेरो नाम राख्न पर्दैन । आफ्नै नाम राखेर सामाजिक संजालमा पोस्ट गरे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को