सेता बर्दीधारीहरूप्रति श्रद्धाले झुकेको मेरो शिर !



हरिप्रसाद रिमाल ।

१. म मेरी जन्मदात्री आमा, जन्मदाता पितालाई सम्झिएर शिर झुकाउँछु, र नेपाल जननीप्रति पनि मेरो शिर श्रद्धाले झुक्छ । अरुलाई भने मेरो भित्री अन्तरात्माले झुका भने शिर झुकाउँछु नत्र झुकाउँदिन । हो अतीतमा मैले करैले र बलले पनि शिर न झुकाउनुपर्नेका अगाडि पनि झुकाएको छु । परिस्थितिवश झुकाएका कुरामा मलाई अहिले पश्चात्ताप छैन । तर त्यो सम्झँदा मलाई सन्तुष्टिको अनुभूति भने हुँदैन । साँचो भनौँ म ठूलो मान्छे भनेर उच्च पदमा पुगेको मानिस भनेर शिर झुकाउँदिन । उच्च पदमा त यस देशमा पुग्न न हुने व्यक्ति पनि पुगेको हुन्छ त्यस्ताका अगाडि म शिर किन झुकाउँ ?। देश र जनताप्रति समर्पित भएर सेवारत व्यक्तिका अगाडि, ज्ञानी, त्यागी, तपस्वी, परोपकारी व्यक्तिप्रति भने मेरो शिर झुक्छ, चाहे त्यो ठूलो पदमा पुगेको होस् वा सडक गल्लीमा लुखुर लुखुर हिडिरहेको व्यक्ति होस् ।

२. अहिले भने संसारभरिका र विशेष गरी मेरो देशका सेता बर्दीधारीप्रति श्रद्धावनत भएर म शिर झुकाइरहेको छु,, जो हाम्रा खुला आँखाले देख्न नसकिने यस शताब्दीकै मानवजातिका ज्यादै भयङ्कर शत्रुहरूलाई परास्त गर्न नाना प्रकारका कष्ट, दुःख र पीडा सहेर, भय, भोक, तिर्खा, केही नभनेर पीडितहरूलाई बचाउन, मरिमेटेर लागिरहेका छन् ।

३. अहिले म ती डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको सेवाबाट अति द्रवीभूत भैरहेको छु, जो नानाप्रकारका कष्ट, दुःख र उखरमाउलाहरू सहेर जनतालाई बचाउन ती क्रूर शत्रुहरूसँग जुघिरहेका छन् । बाहिरबाट हेर्दा सेता र राम्रा देखिने ती कपडाहरू कति बाक्ला होलान् ?

सूक्ष्मातिसूक्ष्म जीवाणु कतैबाट पनि शरीरमा प्रवेश नगरुन् भनेर लगाइने देख्तै भुक्क उठेका ती कपडा लगाउँदा तिनलाई कति उखरमाउलो र गर्मी हुन्छ होला ?सधैँभरि नाक र मुख बाक्ला डबल मास्कले छोपिरहँदा तिनलाई सास फेर्न कति कष्ट हुन्छ होला ? तिनलाई लगाएर दिनभर, रातभर उनीहरू कसरी काम गर्छन् होला ? पसिनाले उनीहरूको शरीर नुहाएजस्तो हुन्छ होला ! कतिसिक्सिको लाग्दो हो ! । सयम सयममा गर्नृुपर्ने नित्यकर्म कसरी गर्छन् होला ? खाना कसरी खान्छन् होला ? । पानीसम्म पिउँन पनि तिनले कति होशियार हुनुपर्छ होला ! । काठमाण्डौँ र पहाडमा त तै विसेक होला कि ! मोरङ, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्जजस्ता अतिगर्मी तराईमा ती डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूले कसरी काम गरिरहेका होलान् ? दिनभर, रातभर कोरोनाका बिरामीहरूसंग लुटपुटिएर कसरी काम गर्न सकेका होलान् ? उनीहरू आफ्ना परिवार जनसँग कहिले भेट्न पाउँछन् होला ? अलिकति फुर्सद लिएर भेट्न जाउँ भने पनि परिवार जनलाई नै सर्छ कि भन्ने भयले पनि उनीहरूमध्ये कतिपयले परिवार जनसँग महिनौँ नभेटेका होलान् ! । कतिपय चिकित्सक र नर्स सेवा गर्दागर्दै सङ्क्रमित भएका र संसार छाड्न नै बाध्य भएका सम्चार पनि आइरहेका हुन्छन् । त्यस बेला उपचार सेवामा खटिएका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीका परिवार जनको मन कति आत्तिदो हो ? उनीहरू कति चिन्तित बन्दा हुन् ?

४. यी सबै कुरा सम्झदा सेता बर्दीधारी यी डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले अहोरात्र गरिरहेका अभूतपूर्व सेवा सम्झिएर म भावविह्वल भैरहेको छु र मेरो शिर उनीहरूप्रति श्रद्धाले झुकिरहेको छ । यसरी नै ज्यानको बाजी लगाएर पनि सङ्क्रमितहरूलाई अस्पतलासम्म पु¥याउने एम्बुलेन्सका चालक, सहचालक र दिवंगत पार्थिव शरीरको सद्गतमा संलग्न नेपाली सेना र अन्य व्यक्तिहरूप्रति पनि म नतमस्तक भैरहेको छु ।

५. म मात्र किन मेरा आदरणीय फेसबुकका मित्रहरू पनि त अहोरात्र सङ्क्रमितहरूको उपचारमा मन, वचन र कर्मले समर्पित यी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मीहरूका सेवाकर्महरूलाई देखेर र सुनेर द्रवीभूत भैरहनु भएको होला हैन त ? त्यसो भए आउनुहोस् ! यिनलाई शिर झुकाएर अभिवाद गरौँ र समवेत स्वरमा भनौँ —सेता वर्दीधारी अथक योद्धाहरू ! यी कालजयी सत्कर्महरूका निम्ति तपाइँहरूलाई धेरै धेरै धन्यवाद छ । महाविपत्तिको बेलाका जनताका प्रमुख आधारहरू हो ! तपाइँहरूलाई शिर झुकाएर अन्तर्मनको महङ्गो माया र अभिवान छ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा