अब बन्ने सरकारमा नक्कली सुकुम्बासी र गोकुल बाँस्कोटाहरू नआए हुन्थ्यो



नारायण गाउँले ।

छानबिन र कारबाही त त्यस्तै भयो, अब बन्ने सरकारमा नक्कली सुकुम्बासी र गोकुल बाँस्कोटाहरू नआए हुन्थ्यो । महेश बस्नेत र झाँक्रीहरूले भन्दा गोकर्ण बिष्टहरूले ठाउँ पाए हुन्थ्यो । कमिशनको चक्करमा भ्याक्सिन नै रोक्ने जस्तो अमानवीय व्यापारीहरू प्रधानमन्त्रीकै आर्थिक सल्लाहकार नभए हुन्थ्यो !

कोरोनाको पहिलो लहरमा मान्छे मर्दै गर्दा पार्टी फुटाउने अध्यादेश आएको थियो । त्यसपछि सरकार र पार्टीको साधनस्रोत र समय त्यसैमा खर्च भयो । भाइरस फैलाउने ठूला ठूला आमसभादेखि अनेक नाटक र नौटङ्कीमैं यो समय बित्यो ।

अक्सिजन जस्तो बेसिक र क्रिटिकल मेडिकल सहायता समेत नपाएर धमाधम नागरिक मर्नु कत्ति पनि सामान्य होइन । त्यो पनि एक महिनाअघि नै सङ्कट आउन सक्छ है भन्ने जान्दा जान्दै र छिमेकमा सङ्कट देख्दादेख्दै । हस्पिटलमा जानुपर्ने सप्लाइ प्रहरीको बलमा भीआइपीहरूको मा पुग्नुभन्दा ठूलो अपराध के होला ?

अझै प्रायश्चित्त गर्ने समय छ । हाम्रो हैसियत करोडौंमा सांसद किन्न सक्ने छ । एउटै प्रोजेक्टमा सत्तरी करोड़ घूस खान सक्ने छ । चुनाब गर्ने पैसा छ । अनि अक्सिजनका लागि चाहिँ दान मात्रै माग्ने भन्ने हुँदैन । सिङ्गो सरकारी संयन्त्र प्रयोग गरेर विश्वको कुन ठाउँबाट कसरी किन्न सकिन्छ, किन्न पर्यो । सरकारको काम भएको अक्सिजनमा कोटा तोक्ने र कोटाभित्र पर्ने मात्रै बाँच भन्ने होइन ।
ओलीजी, यो अन्तिम अवसरलाई इमान्दारीपूर्वक उपयोग गर्नुहोस् । तपाईं बच्नुभो, अब नागरिकको ज्यान कसरी बच्नसक्छ त्यो गर्नुहोस्, र आजै गर्नुहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा