असल कामको प्रशंसा र गलतको निन्दा गर्ने साहस हुनुपर्छ



हरिप्रसाद रिमाल ।

‘येनाहं नामृता स्यां किमहं तेन कुर्याम् ’
(जसलाई लिएर वा प्राप्त गरेर म अमर हुन्न त्यसलाई लिएर वा प्राप्त गरेर म के गरुँ ?)
१.महाज्ञानी एवं महान् दार्शनिक याज्ञवल्क्य आफ्नो अधीनमा भएको श्रीसम्पत्ति आफ्ना दुई पत्नी कात्यायनी र मैत्रेयीलाई बाँडिदिएर सन्न्यास लिने विचार गर्छन् । उनी पहिले कात्यायनीलाई सोध्छन् ‘म मेरो सम्पत्ति तिमीहरूलाई बाँडेर दिन चाहन्छु ।’ यसमा उनी कुनै प्रतिक्रिया जनाउँदिनन् । तर उनको भावभङ्गिमाले ‘मौनसम्मति’ जनाएको बुझ्छन् ’ याज्ञवल्क्य । कात्यायनी उक्त सम्पत्तिबाट अझै भौतिक सुख—सुविधा भोग्न चाहन्थिन् ।

२.सम्पत्ति बाँडफाँड गर्ने विषय याज्ञवल्क्य आफ्नी अर्की पत्नी मैत्रेयी समक्ष राख्छन् । त्यस बखत श्रेयःकामिनी मैत्रेयी प्रश्न गर्छिन् ‘ यो सम्पत्ति लिएर म के गरुँ ? के यसले मलाई अमृता बनाउँछ ? अर्थात् म अमर हुन सक्छु ?’ उनको उत्तरमा याज्ञवल्क्य भन्छन् —‘यस सम्पत्तिले अमरत्व ता प्राप्त हुँदैन । तर अरु अरु सम्पन्न व्यक्ति झै तिमी आनन्दको जिन्दगी चाहिं बाँच्न सक्छ्यौ ।’ मैत्रेयी फेरि प्रश्न गर्छिन् ‘त्यो धन—सम्पत्तिले मलाई अमर बनाउँछ कि बनाउँदैन ?’ यज्ञवल्क्य भन्छन् ‘अमर त बनाउँदैन, भौतिक सुख भने दिन्छ अवश्य नै ।’त्यसपछि मैत्रेयी भन्छिन्—‘मलाई अति क्षणिक भौतिक सुख दिने सम्पत्ति चाहिँदैन । अमर हुने आत्मज्ञान दिनुहोस् ब्रहज्ञान दिनुहोस् ।’

३. मैत्रेयीको आत्मज्ञानप्रतिको दृढ इच्छा बुझेर महाज्ञानी याज्ञवल्क्य उनलाई अत्यन्त गहिरो आत्मज्ञान सहज र सरलढङ्गले दिन्छन्, धेरै दृष्टान्तहरू दिएर बुझाउँछन् । मैत्रेयीलाई दिव्य ज्ञान दिएर र कालजयी सञ्जीवनी विद्या सिकाएर याज्ञवल्क्य सन्न्यास लिएर वनतिर लाग्छन् ।

४.आजभन्दा हज्जारौँ वर्षपहिले एउटी नारीमा जीवनको क्षणभङ्गुरताको बोध त्यसरी भयो । भौतिक सम्पत्ति दुई दिनको घामछायाँ मात्र हो भन्ने उनले बुझिन् र अमरत्वको प्राप्तिमा उनी हरतरहले लागिन् । आज हामी भने त्यस्ता ऋषिमुनिको सन्तति भएर पनि कमाउने धुनमा नै मरिमेटेर लागिरहेका छौँ, नश्वर जिन्दगी अजम्बरी हुन्छ भन्ने भ्रम पालेर बाँचिरहेका छौँ । ऐश्वर्य, पद र प्रतिष्ठाकै लागि मरिहत्ते गर्नेहरूले देखाएको तमासामा बरालिइरहेका छौँ ।

५. एकै चोटी आत्मज्ञानको बुद्धि हामीमा न पलाउला ! ब्रह्मज्ञानको गहिरो मति न फष्टाउला । तर नयाँ वर्षको पहिलो दिनबाट नै प्रत्येक दिन ‘म को हुँ ? कहाँबाट आएँ र अब जाने कहाँ हो ?’ भन्ने चिन्तन हामी गर्न सक्छौँ । यसबारेमा हाम्रा शास्त्रहरू के भन्छन् ? जीवन र जगत्बारेका प्राज्ञहरूको विचार के छ भन्ने विषयमा हामी चासो राख्न र ध्यान दिन सक्छौँ । हाम्रा पूर्वजहरूले अति कष्टपूर्वक अन्वेषण गरेर तयार गरेका अमूल्य ग्रन्थहरू हामीसँग छन् । ती कहाँ कहाँ छन् ? कुन कुन अध्यारो कोठरीमा कपडाका पोकामा असुरक्षित चरामुसाका गुँड बनाइएका छन् ? तिनको खोजी र अध्ययन गर्नु यस नयाँ वर्षको हाम्रो परम कर्तव्य हुन सक्छ । सात्त्विक भोजनमा जोड, विपत्तिमा परेका प्राणीहरूप्रति करुणा, विश्वव्यापी माहामारी कोरोनाबाट बच्ने र अरुलाई बचाउने कार्यमा सहयोग, अन्याय र अत्याचारमा आवाज, असल कामको प्रशंसा र गलतको निन्दा गर्ने साहस र विवेकजस्ता सत्कर्महरू नयाँ वर्षमा हुन सक्छन् । यस्ता सत्कार्यहरू गर्दै जाँदा हामी एक दिन आत्मा र परमात्माको बोधको उज्यालो जगत्मा उक्लने सहज मार्ग भेट्न सक्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न