सुखस्य मूलं धर्मः



डा. गोविन्दशरण उपाध्याय ।
धर्म अर्थात् सद्गुण नै सुखको मूल हो । यो भनाईले वैदिक संस्कृतिको जरोकिलोलाई प्रतिनिधित्व गर्छ । विश्वका सबै मान्छे सुखको खोजिमा एताउता भौतारिएका हुन्छन् । कुनै पनि हालमा दुख चाहन्नन् तर सुख के मा छ ? भन्ने जान्दैन् । मैले गर्वका साथ घोषणा गर्नुपर्छ कि वैदिक संस्कृति वाहेक कुनै पनि विश्वका सभ्यताले सुखको मूल के हो भनेर पत्तो पाउन सकेका छैनन् । सुखको मूल नै धर्म अर्थात् सदाचार, सद्गुण, दैवीप्रकृति नै हो भनेर ठोकुवा ऋषिहरूले अनादिकालदेखि गर्दै आएका छन् ।

महात्मा मनुले धर्मका दशवटा लक्षण र ऋषि जैमिनीले धर्मका क्रियाहरू प्रष्ट रूपमा स्थापित गरेका छन् । धर्म सद्गुण हुन्, धार्मिकता सदगुणहरूको कार्यन्वयन हो भने धार्मिक व्यक्ति धर्मका लक्षणहरू जीवनमा धारण गर्ने व्यक्ति हो । यदि कसैलाई सुख चाहिन्छ भने धृति, क्षमा, दम, अस्तेय, शौंच, इन्द्रीय निग्रह, धी, विद्या, सत्य अक्रोध–यी सदाचारहरूलाई जीवनको मूल आचरण बनाउनु पर्छ ।

वैदिक ऋषिमुनि, जैन तीर्थंकरहरू, बौद्धहरूले धर्मका लक्षणहरूको पालना गर्न अभिप्रेरित गरेका छन् । धर्मं शरणं गच्छामि –धर्मको शरणमा जान्छु भगवान् बुद्धले दुखबाट जोगिने सबैभन्दा अचुक उपाय बताएका छन् । यहाँ बुद्धले धर्म शब्दको त्यही अर्थ ग्रहण गरेका छन् जुन अर्थ व्याकरणका अधिष्ठाता पाणिनीले गरेका थिए । जैनमुनिहरूले “अहिंसा परमोधर्म“ भन्दै अहिंसक व्यक्तिले सुख प्राप्त गर्छ भन्ने ठोकुवा गरेका छन् ।

यदि तपाईं सुखको खोजिमा हुन्हुहुन्छ भने वेदको आदेश कि “सदाचारी बन्नमा सुख छ“ भन्ने कुराको पालनातिर जोड दिनुपर्छ । सनातन परम्परामा वाहेक विश्वका कुनै पनि धर्मले सुख कहाँ छ भन्ने जवाफ दिन सक्दैनन् । यहाँ एउटा उल्लेख गर्ने महत्वपूर्ण कुरा के छ भने यहुदीले तोरेतमा, इसाईले बाइबलमा, मुस्लिमले कुरानमा वाहेक धार्मिकता देख्दैनन् तर वैदिक ऋषिहरूले विश्वको कल्याणका खातिर सद्गुणहरूको सङ्ख्या नै तोकेर “यी गुणहरू जीवनमा धारण गर्दा विश्वको जुनसुकै मान्छे सुखी हुन्छ“ भन्ने संदेश दिएका छन् ।

हामी आफ्ना बालबालिकालाई नैतिकताको शिक्षा दिन चाहन्छौं तर वैदिक ऋषिमुनिहरूले प्रस्तावित गरेका असलचरित्रहरूप्रति हाम्रो श्रद्धा हुँदैन । हामी विहान उठेर वियरले कुल्ला गर्ने प्रगतिवादको सपना देख्छौं तर पवित्रताले जीवन सुखी हुन्छ भन्ने स्वीकार्न चाहन्नौं । वैदिक ऋषिहरूका भनाइहरूलाई ट्यावु ठान्छौं र शरीर र जिव्रोको स्वादको लागि हिंसा गर्छौं । महाकवि देवकोटाले भनेझैं सुख परोपकारमय जीवनमा प्राप्त हुन्छ भन्ने कुरामा हाम्रो सैद्धान्तिक सहमति वाहेक केही हुँदैन ।

यदि सदाचार, सत्यता तथा करुणापूर्वक धनआर्जन गरिएको छ भने त्यसले धार्मिकतामा वृद्धि हुन्छ अन्यथा यस्तो धनले सुखको खोजिमा भौतारिने त वनाउँछ तर सुख भने भेटिन्न । महँगो र आलिसान विस्ताराले क्षणिक आराम दिन सक्छ तर निन्द्रा दिंदैन । त्यसैले धार्मिकताको अर्थ हो ती सबै क्रियाहरूको त्याग जसले आत्मकल्याण र परोपकारना बाधा उत्पन्न गर्छन् । असलगुणहरूलाई जीवनको आचरण बनाउँन “एक्काईसौं शताब्दीको प्रगतिशीलता“ले रोक्दैन । बाइबल र कुरानहरू असान्दर्भिक हुन सक्छन् तर धर्मका दशलक्षणहरू पचासलाखौं शताब्दिमा पनि उत्तिनै महत्वपूर्ण रहन्छन् । त्यसैले वैदिक संस्कृतिलाई “अनादि“ भनिएको हो ।

स्वस्ति अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा