सर्वोच्चको फैसलाले ‘कमन सेन्स’ भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ



नारायणकाजी श्रेष्ठ ।

सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।
अहिलेलाई यति भनिहालौँ ;

१. यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स ) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।
यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन । रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैंलाई दिने मागदावी गरेको छ । त्यतिमा मात्र सीमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भएपनि स्वाभाविक हुनेथियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुद्धमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

२. नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र व्यवस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षड्यन्त्र जारी छ भन्नेतर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा वक्तव्यमा थप भनेको थियो,‘अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुद्ध सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि