सत्तामा दाह्रा नङ्ग्रा गाडेर बस्ने र चुनाव गराउन खोज्ने अनैतिक भ्रष्ट नेतालाई अब रोक्नैपर्छ



भीम उपाध्याय ।

चुनाव त हुनेछ अब तर नयाँ सरकार गठन भएर संसदको कार्यकालको ४ वर्ष कटेपछि । अहिले नेपाली कांग्रेसलाई चुनाव चाहिएको छ। तर नेपाली कांग्रेसलाई असंवैधानिक संसद विघटनको पक्षमा लागेको आरोपबाट बच्नु थियो, पुनःस्थापना भएकोले उ यसबाट पनि जोगियो ।
विपक्षी दल जहिले पनि जब सत्ताधारी दल सबैभन्दा अनपपुलर हुन्छ त्यो बेला नयाँ चुनाव चाहन्छ । सत्ताधारी दल जब आफू पपुलर हुन्छ चुनाव चाहन्छ ।

तर संसद भंग गर्न कसैले सक्दैन जबसम्म संसदमा भएका बहुमत दल चुनावमा जाने भनेर सहमत हुँदैनन्।
आफू मन्त्री बनेर तर मारिरहने तर जनताले चुनेका सांसदहरूलाई कमाराकमारी ठान्दै भंग गरेर अरू नेता र प्रधानमन्त्रीले कज्याउनु जनताको अभिमत र आफ्ना प्रतिनिधिको घोर अलोकतान्त्रिक अपमान हो । त्यसैले सत्तामा रहेर ताण्डव नृत्य गर्ने लोभमा संसद नै मारेर मस्ति गरौँला भन्ने नेताहरूको हैन, अब संविधान संसोधन गरेर चुनावमा निष्पक्ष स्वतन्त्र नागरिक सरकार बनाउने धारा थपेर संसोधन गर्नुपर्छ । बंगलादेशमा चुनाव गराउँदा प्रधानन्यायाधीशको केयरटेकर सरकार बन्छ।

नेपालमा त केयरटेकर सरकार भन्ने कतै लेखिएको छैन । यता संसद भंग गरेर नयाँ जनमत लिने घोषणा गर्दै संसद मार्ने उता सरकारमा बसेर फुलफ्लेजेड सरकार जस्तो भटाभट निर्णय गरिरहने घोर अनैतिक अराजक सरकारहरूबाट चुनाव गराउन नहुने व्यवस्था चाहिने भएको छ। सत्तामा बसेर चुनाव गराउन रोक लगाउने र चुनाव नै गर्ने हो भने पदबाट राजीनामा दिएर स्वतन्त्र चुनावी सरकार हुनैपर्छ । सत्तामा दाह्रानंग्रा गाडेर बस्ने र चुनाव गराउन खोज्ने घोर अनैतिक भ्रष्ट नेताहरूलाई अब रोक्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्न आदेश दिएको छ

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले वृद्धि

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ

अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले